काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३ औँ सभा (सिनेट) बैठकले अर्ब १२ करोड रुपैयाँको बजेट पास गरेको छ। सोमबार बिहान बसेको बैठकले न्याम्सका अरु विभिन्न प्रस्तावहरु पनि पारित गरेको छ।
सभाले भक्तपुरको दुवाकोटमा विस्तारित न्याम्स परियोजनाको डीपीआर बनाउने विषयमा सैद्धान्तिक रुपमा सहमति दिने निर्णय पनि गरेको डा बस्नेतले जानकारी दिए।
यसैगरी, बैठकले न्याम्सबाट विभिन्न विषय र विभिन्न तह उत्तीर्ण गरेका १७८ जनालाई आगामी दीक्षान्त समारोहमा उपाधि दिनका लागि ग्रेस लिष्टमा समावेश गर्ने, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको महंगी भत्ता समायोजन गर्ने, न्याम्सका शैक्षिक कार्यक्रम सञ्चालन भएका वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पतालहरुमा शिक्षक दरबन्दी थप गर्ने सम्वन्धी प्रस्ताव समेत पास गरेको उपकुलपति प्राडा बस्नेतले जानकारी दिए।


