२०८३ कार्तिक २५ गते मङ्गलबार

यसरी फेरिँदै हुलाक सेवा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
HULAK

छोरीलाई अमलाको अचार निकै मन पर्छ। क्यानेडा पुगेकी छोरीलाई कसरी खुवाउने? मैतीदेवीका भवानी जैसी अमलाको अचार, सुकेको साग, भुटेको मकै र भटमास बोकेर गोश्वारा हुलाक कार्यालय पुगे।

उमेरले ६५ पुगेकी जैसीका अनुसार चिट्ठीपत्रका जामाना हराए अब, विदेशमा पनि खानेकुरा पठाउन सजिलो भएको छ। उनि डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको नियमित सेवाग्राही छन्। घरेलु परिकारहरु हुलाक सेवामार्फत पार्सल गर्दै आएको उनको अनुभव छ। “कुराकानी त ह्वाट्सप र फेसबुकमा गर्छु, छोरीसँग”, उनि भन्छन्, “सामान पठाउन भने हुलाक सेवा नै भरपर्दो लाग्छ।”

नक्साल बस्ने धीरेन्द्रराज भट्टराईले जापानमा रहेका छोराको स्वास्थ्य उपचारमा यहीँबाटै ख्याल गर्नुहुन्छ। पेटको समस्या भएकाले उहाँले नेपालबाटै औषधि पठाएर छोराको हेरचार गर्न पाएको बताउनुहुन्छ। हुलाक सेवाले पार्सल पठाउन सहज भएको र सरकारी नियकाय भएकाले विश्वासयोग्य रहेको उनको अनुभव छ। भट्टराई भन्छन्, “निजी कार्गोले महँगो शुल्क लिन्छन्, हुलाक सस्तो र भरपर्दो लाग्छ।”

गोश्वारा हुलाक कार्यालयका प्रशासन प्रमुख रवीन्द्र पोखरेल हुलाक सेवामा पार्सल सेवा प्रभावकारी बन्दै गएको बताउनुहुन्छ । त्यससँगै इएमएस (एक्प्रेस मेल सर्भिस) पनि हुलाक सेवा सुरु गरेको छ। यो सर्भिसले भनिएको समयमा सामान पठाउने दु्रत व्यवस्था हो। यस सेवा अरुको तुलनामा शुल्क अलि महगो पर्ने भए पनि विदेश सामान पठाउनेभन्दा विदेशबाट नेपाल सामान पठाउनेहरुको आकर्षण बढ्दो रहेको प्रशासन प्रमुख पोखरेलले जानकारी दिए। गोश्वारा हुलाक कार्यालयको वार्षिक प्रगति २०८०/८१ को तथ्याङ्कले जापानमा मात्रै ८० प्रतिशत पार्सल पुग्ने गरेको छ भने अहिले पनि वार्षिक दुई लाख ४५ हजार साधारण चिट्ठी आदानप्रदान भइरहको छ।

एक ठाउँबाट अर्को ठाउँमा चिट्ठी आदानप्रदान गर्नु हुलाक सेवाको प्राचीन पहिचान बदलिएको छ। विसं १९३५ मा हुलाक घरको नामबाट स्थापना भएको हुलाक सेवा २०१९ सालमा हुलाक ऐनअन्तर्गत रही हुलाक सेवा विभागका रुपमा सेवा प्रदान गर्दै आएको छ । चिट्ठी, सरकारी कागजपत्र, अन्तरराष्ट्रिय सन्धिसम्झौताका कागजपत्र एवं धनराशि सुरक्षित तरिकाले सम्बन्धित गन्तव्यमा ओसारपसार गर्ने हुलाक कार्य गतिविधिमा थप जिम्मेवारी थपिएको छ। हुलाक सूचना प्रविधिमैत्री बन्नुपर्ने समयको बाध्यतामा अवसर र चुनौती दुवैको सामाना गर्दै आएको छ । यद्यपि यसको कार्यशैली विगतभन्दा फेरिएको पाइन्छ।

पछिल्लो समय हुलाक सेवाको प्रभावकारी सेवाको रुपमा पार्सल सेवा विस्तार भएको गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत लिलाबल्लभ न्यौपाने बताउछन्। गोश्वारा हुलाक कार्यालयले २०८१÷८२ मा पुलिन्दा/पार्सल (पार्सल शाखाअन्तर्गत) नेपाल राज्यभर र विदेशका लागि निर्यात भएका काठमाडौँभित्र छ हजार सात सय ७४, अन्य जिल्लामा पठाइएका दुई हजार चार सय ५४ र विदेशका लागि निर्यात भएका २१ हजार पाँच सय ४८ हुलाक वस्तुको प्रकार रहेको तथ्याङ्क छ।

त्यस्तै, हुलाक सेवाले अर्को महत्वपूर्ण कार्यका रुपमा हुलाक टिकटलाई कला, संस्कृतिको प्रचार गर्नुका साथै दस्ताबेजीकरण गर्ने कार्यमा प्राथमिकता दिँदै आएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले बताए। केही महिनाअघि मात्रै हुलाक टिकटमा हुलाक टिकट विभागले सुन्तला, पुत्का मौरी, रायो साग, नौमुठे गाई, असला माछा, खरी बाख्रा, लिमे भैँसी, पारकोटे गरी आठ वटा रैथाने कृषिका आकृति र ब्रह्मलीन राष्ट्र सन्त स्वामी परमानन्द सरस्वती महाराजको आवरणको नयाँ हुलाक टिकट आवरण प्रचलनमा ल्याइएको छ।

ती टिकटको आवरणमा पहिलो सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रथम टाँचा लगाउँदै हुलाक टिकटले इतिहास, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने अर्को महत्वपूर्ण दायित्व रहेको बताए। साथै, समयसापेक्षको हुलाकको दायित्व बोध गराउन हुलाक ऐन नै नयाँ बनाउनुपर्ने मन्त्री गुरुङको जोड छ। राजा महेन्द्रको पालामा बनेको हुलाक ऐनले अहिलेको आधुनिक सूचना प्रविधिको समयलाई समेट्न सक्दैन भन्ने उनको प्रष्ट धारणा छ। हुलाक अब जनताको तत्काल आवश्यकता सम्बोधन गर्नसक्ने हुनुपर्छ भन्ने मान्तयाका साथ पार्सल सेवालाई थप सहज र प्रभावकारी बनाउने पर्नेमा उनले जोड दिए।

महानिर्देशक पङ्गेनीका अनुसार हुलाकले हराउँदै गएका रैथाने अन्य परम्परागत कला संस्कृति र वस्तुको दस्तावेज गर्न हुलाक टिकट आकृति बनाउन थप कार्य सक्रिय बनाउँदै आएको छ। उनि भन्छन्, “हुलाकले सञ्चारसँगै इतिहासको समेत संरक्षण गर्ने दायित्व पूरा गरिरहेको छ ।” हुलाकले देशको सम्पदा विश्वसामु प्रचार प्रसार गरी पर्यटक वृद्धि गर्न समेत सघाउँदै आएको उनि दाबी गर्छन्।

केन्द्रदेखि स्थानीय हुलाक कार्यालयसम्म फैलिएको हुलाक कार्यालयलाई एक स्थानीय तह एक हुलाक कार्यालय नीति अवलम्बन गरिएको विभागका महानिर्देशक पङ्गेनीले बताए। स्वदेश र विदेशमा चिठीपत्र, पार्सल सेवा, द्रुत डाँक सेवामार्फत आदानप्रदान हुँदै आएको छ। त्यसैगरी हुलाकले सरकारी सहुलियत दरमा स्वदेश र विदेशमा सरकारी कागजपत्र, राहदानी, नागरिकतादेखि विरामीका लागि औषधि पठाउने काम समेत हुलाकले नै गर्दै आएको छ।

विश्वका ३९ देशसँग अन्तरराष्ट्रिय द्रुत डाँक सेवा सम्झौता गरी छिटो र प्रभावकारी रूपमा इएमएस आदानप्रदान हुन्छ भने ७१ देशमा हुलाक वस्तु पठाउने र विश्व हुलाक सङ्घका १९२ सदस्य राष्ट्रबाट हुलाक वस्तु प्राप्त हुने व्यवस्था छ।

धेरै दायित्व र थोरै स्रोतमा हुलाक सेवा सञ्चालन गर्नुपर्दा थुप्रै चुनौती रहेको छ । स्रोत साधनको अभाव, दक्षजनशक्तीको कमि। हुलाकको चुनौतीमा दक्षजनशक्तिको अभाव, सबै कार्यालयमा सूचना प्रविधिमैत्री नहुँदा कार्यसम्पादनमा समस्या, पर्याप्त बजेट नहुनु र समयानुकूल ऐन कानुन परिमार्जन नहुनुजस्ता समस्याले हुलाक सेवामा प्रत्यक्ष प्रभाव परेको हुलाक सेवा विभागको २०८१-८२ को प्रगति समीक्षाले प्रष्ट पार्छ।

हुलाक सेवा विभागले सार्वजनिक सवारीसाधनले हुलाक वस्तु बोक्न आनाकानी गर्ने, लापर्वाही गर्नेजस्ता समस्या खेप्नुपर्ने, अन्तर निकाय र अन्तर तह सहयोग र समन्वय कमजोर रहेको (भन्सार, बैंक, प्रदेश तथा स्थानीय तहसँग), ठूला सङ्ख्यामा जनशक्ति (३५ भन्दा बढी हुलाक अधिकृत लगायत) रिक्त रहेकाले निमित्तको भरमा हुलाक कार्यालयहरु सञ्चालनमा रहेका छन् । सयभन्दा बढी हुलाकी, हल्कारा पद रिक्त भई आगामी आवमा उक्त दरबन्दीको करारमा पूर्तिका लागि बजेट प्रस्ताव गरिएकामा चालु आवको करारको रकम बराबर मात्र आगामी आवको लागि करारमा रकम स्वीकृत भएको, हुलाक ऐन नियममा समसामयिक परिवर्तन हुन नसक्दा इ–कमर्सजस्ता नयाँ विषय समावेश गर्न र हुलाक सेवालाई आधुनिकीरण एवं व्यावसायिक बनाउन नसकिएको, डाँक ढुवानीका लागि आवश्यक पर्ने आफ्नै सवारीसाधन नहुँदा समयमै हुलाक वस्तुको ढुवानी र वितरण गर्न नसकिएको लगायतका समस्या हुलाक सेवा विभागले भोग्दै आएको छ।

विभागका निर्देशक धु्रवराज आचार्य हुलाक सेवाले आधुनिक सेवा प्रदान गर्दै आएको छ भन्ने आम जनतालाई सूचना नभएको बताउनुहुन्छ। निजी क्षेत्रबाट पार्सल पठाउनेहरुको तुलनामा लगभग ४० देखि ५० प्रतिशत सरकारी शुल्क सस्तोमा विदेश पार्सल आदानप्रदान गर्न सकिने सुविधा छ । उनका अनुसार नेपालका सात जिल्लामा भन्सार सुविधा छ । भन्सार सुविधा भएको जिल्ला बढाउने जाने हो भने विदेश पार्सल पठाउने सुविधामा थप वृद्धि हुने उहाँको धारणा छ। निर्देशक आचार्यका अनुसार २०८१ वैशाख १७ गतेदेखि गोश्वारा हुलाक कार्यालयको पार्सल आउटवाउन्ड शाखा र इएमएस आउटवाउन्ड शाखाबाट नगद भुक्तानीका साथै क्युआर डिजिटल प्लेटर्फममार्फत भुक्तानी कार्य भइरहेको छ।

हुलाकका सम्भावना थुप्रै छन्। हुलाकले यो वर्ष रु ३९ करोड राजस्व वृद्धि गरेको छ। उनका अनुसार विगतका वर्षहरुको भन्दा हुलाकले राजस्वमा हुलाक सेवाले वृद्धि गर्दैछ। हुलाकले अन्तरराष्ट्रिय डाँक सेवाअन्तर्गत जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेटस्, चीन, अस्ट्रेलिया, फ्रान्स, अमेरिका, जर्मनी, मलेसियामा मात्रै हवाई सम्झौता गरेको छ । अरु देशमा हवाई सम्झौता नहुँदा व्यापार पार्सल डेलिभरी गर्न नसकिएको गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत न्यौपानेले बताए।

प्रकाशित: २०८२ साउन २९ गते बिहिबार ०७:४७
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना