२०८३ कार्तिक १५ गते शनिवार

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
unnamed

काठमाडौँ- एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल  शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवद्र्धन” नामक एक वर्षे परियोजना सम्पन्न भएको छ ।

यस परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने, र संग्रहालय सम्बन्धी श्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो । परियोजनाअन्तर्गत संग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्षहरू समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारि देशभरका संग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थाहरूलाई वितरण गरिएको छ ।

यसै परियोजनाअन्तर्गत साउन २७ गते मंगलबार सातै प्रदेशको प्रतिनिधित्व हुने गरी अनुसन्धानमूलक जर्नल “संग्रहालय” विमोचन गरिएको छ । प्रकाशन यो परियोजनाको अर्को महत्वपूर्ण काम हो । नारायणहिटी दरबार संग्राहलयमा आयोजिक एक विशेष समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “संग्रहालय”को पहिलो अंक विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा युनेस्को काठमाडौँ कार्यालयका प्रमुख, एनसेलका प्रतिनिधि, सम्पदा तथा संस्कृति क्षेत्रमा संलग्न विज्ञ, संग्रहालयकर्मी र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।

जर्नलको विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपालको संग्रहालयको विभिन्न आयामहरु उल्लेख गरि जर्नल प्रकाशन हुनु उत्कृष्ट प्रयास गरिएको बताउँदै जर्नलको प्रकाशनमा एनसेल फाउन्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजि क्षेत्रको सहभागिताको प्रशंसा गरे । उनले हाल संग्रहालयहरुको दर्ता, मापदण्ड तथ ब्यवस्थापनका लागि सरकाले नीति निर्माणमा काम गरिरहेको बताए । उनले नेपालका संग्राहलय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।

कार्यक्रममा नेपालका संग्रहालयहरुको बारेमा तयार गरिएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

“कला, संस्कृति भनेका हाम्रा पहिचान हुन् र यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकोमा हामी खुसी छौं । नेपाली कला र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा संवद्र्धन एनसेल फाउन्डेसनको प्राथमिकता क्षेत्र मध्येको एक हो,” एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको दु तोइले साँस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयहरुले भुमिका खेलेको उल्लेख गर्दै संग्रहालय सँस्कृतीको अझै विकास गर्नुपर्ने धारणा राखे ।

इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेश प्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै सँकृतीको सँरक्षणमा काम गर्ने बताए ।
त्यसैगरी उनले यो परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १ सय भन्दा बढि  संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्यास सम्बन्धी तालिम प्रदान गरिएको बताए ।

यो तालिम संग्रहालय, प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी संचालन गरिएकाले तिनै तहका सरकार तथा समुदाय र निजि संग्रहालयलाई सँगै जोडेर संग्रहालयका आधारभूत कुराहरुमा छलफल समेत गर्न सहयोग पुर्याएको छ । यसले गर्दा आगामी दिनमा संग्रहालयका वृत्त र विषयवस्तुलाई संग्रहालयकर्मी बीच छलफल गर्ने आधार समेत बनेको छ । तालिममा संग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता र संग्रहालयले गर्न सक्ने र गर्न पर्ने विषयहरुमा छलफल गरिएको थियो ।

यस परियोजना अन्तर्गत नेपालको पहिलो संग्रहालय स्थापना भएको समयदेखि हालसम्मको इतिहास र यात्रा देखाउने श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माणको काम पनि सम्पन्न भएको छ । यो वृत्तचित्रले संग्रहालयको इतिहास र अहिलेको आजावलाई समावेश गरेको छ ।

आइकम नेपालले यो परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा तथा स्थानीय र प्रदेश सरकारहरूको सहकार्यमा कार्यान्वयन गरेको हो । यस पहलले दिगो विकास लक्ष्य, नेपाल सरकारको संस्कृति तथा संग्रहालय सम्बन्धी राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको संग्रहालय सञ्चालन सम्बन्धी अधिकार प्रवद्र्धनमा टेवा पु¥याएको सरोकारवालाहरूको धारणा छ ।

सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यमा सम्पन्न यो परियोजनाले नेपालमा संग्रहालय र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ । कार्यक्रममा सहभागीहरूले यस किसिमका प्रभावकारी परियोजनाहरूलाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार एनसेल फाउन्डेसन र आइकम नेपालबीचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थाहरूलाई पनि सम्पदा संरक्षण र प्रवद्र्धनमा संलग्न हुन प्रेरित गर्नेछ ।

प्रकाशित: २०८२ साउन २९ गते बिहिबार ०३:४०
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना