काठमाडौंः महिलाहरूको महान् पर्व हरितालिका तीजको तरंग सबैतिर सुरु भएको छ। विगतमा घर परिवारमा मात्र सीमित रहेको तीज पर्व पछिल्लो समय टोल, छिमेक, समुदाय हुँदै हरेक जातिका महिलाले मनाउन थालेका छन्। यसले केही हदसम्म नयाँ पुस्तामा आफ्नो धर्म संस्कृति जर्गेणा गर्नु पर्छ भन्ने सकारात्मक सोच जागेको छ।
विगतमा तीजको एक दिन अगाडि मात्र दर खाले गरिन्थ्यो भने अहिले यसलाई तीज पर्वको केही दिन अघि देखिनै आफन्तले मात्र नभएर कार्यालय , टोल छिमेक र समुदायका पुरुषहरूले समेत महिलालाई सम्मान गर्दै हातेमालो गर्दै उत्साहपूर्वक महिलालाई दर खुवाउने गरेको पाइएको छ।
यही सन्दर्भमा शुभ लक्ष्मी महिला विकास समूह र अष्टावत्र योग साधना केन्द्रद्वारा आयोजित कार्यक्रममा महिलाहरुले तीज मनाएका छन्। मादल बजाउँदै, आफ्नै मौलिक गीत गाउने प्रतियोगिता पनि गर्दै र नाच्दै उनीहरुले तीज मनाएका हुन्।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

























