काठमाडौं । सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपमसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरेका छन्। जसका लागि दुवै दलहरुले सिंहदरबारस्थित दलको कार्यालयमा खाली पानामा हस्ताक्षर संकलन गरेका छन्।
उपसभामुख रानालाई हटाउन हस्ताक्षर संकलन भएपछि विपक्षी दलहरु छलफलमा जुटेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी केन्द्र, राप्रपालगायत दलका सांसदहरु सहभागी छन्।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे ,रास्वपाबाट डोलप्रसाद अर्याल र सन्तोष परियार,राप्रपाबाट बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र शेरबहादु कुवँरलगायत सहभागी भएका छन्।
सत्तारुढ दलले रानालाई उपसभामुख पदबाट हटाउने तयारी गरेपछि विपक्षी दलहरुले प्रतिरोधको तयारी गरेका छन्।


