२०८३ कार्तिक १२ गते बुधबार

४२ प्रतिशत लाभांश दिने नर्भिक अस्पतालको घोषणा, २० प्रतिशत आईपीओ जारी गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ६
news

काठमाडौँ- बीएलसी होल्डिङसले काठमाडौँको थापाथलीमा सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सेयरधनीलाई आकर्षक लाभांश दिने भएको छ। बुधबार बसेको नर्भिकको सञ्चालक समिति बैठकले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

नर्भिकले ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत कर तिर्ने प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको हो। गत वर्ष नर्भिकले सेयरधनीलाई २२.१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिएको थियो। यो वर्ष हस्पिटलले चुक्ता पुँजी बढाउन बोनस सेयर दिने भएको हो।

लाभांश दिने प्रस्ताव पारित गर्न हस्पिटलले यही भदौ २९ गते साधारणसभा बोलाएको छ। सभाबाट पारित भएपछि बोनस सेयर वितरण हुनेछ। सभाले जारी पुँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने नर्भिक व्यवस्थापनले जनाएको छ। आईपीओ जारी गर्नका लागि २०२१ जुलाई १७ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ।

नर्भिकको बलियो ब्रान्ड छवि छ। स्वदेशी र अन्तर्राष्ट्रिय बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने आफूहरू देशकै पहिलो अस्पताल रहेको नर्भिकको दाबी छ। अस्पतालमा इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ), न्यूरोलोजी, ग्यास्ट्रोएन्टेरोलजी, अर्थोपेडिक्स, क्रिटिकल केयर, नेफ्रोलोजी र ओन्कोलोजीलगायत सुविधा छन्।

सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहित नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट यो अस्पतालको जग बसाएका थिए। ‘मल्टी स्पेसियालिटी’ हस्पिटल बनेको नर्भिकले अहिले ११५ बेडबाट सेवा दिँदै आएको छ।

साढे दुई अर्ब लगानीमा क्षमता विस्तार
नर्भिक इन्टरनेसनलले २ अर्ब ३७ करोड ५० लाख रुपैयाँ लगानीमा सेवा विस्तार गरिरहेको छ। सन् २०२३ देखि नयाँ भवनको निर्माण कार्य जारी छ, जसमा २१ प्रतिशत स्वपुँजी र ७९ प्रतिशत बैंकको ऋण लगानी छ। नर्भिकले ५० करोड रुपैयाँ स्वपुँजी (इक्विटी) र बैंकको ऋण १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ। निकट भविष्यमा नै नर्भिकले अस्पतालको क्षमता बढाएर २ सय बेड पुर्‍याउने भएको छ।

नर्भिककले ओपीडी र आईपीडीका लागि क्षमता विस्तार थालेको हो। पूर्व घोषणाअनुसार नर्भिकले अहिलेको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माण गरिरहेको छ। भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुने नर्भिकले जनाएको छ। कूल १ लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ। नर्भिकमा बिएलसी होल्डिङको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत वसन्त चौधरीको स्वामित्व छ।

पछिल्लो समय अस्पतालमा निजी लगानी बढ्दै गएको छ। अर्बौं रुपैयाँ लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितको अस्पताल सञ्चालनमा आउँदैछन्। अस्पतालहरू धितोपत्र बजारमा पनि जान थालेका छन्। यसअघि ह्याम्स हस्पिटलले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

प्रकाशित: २०८२ भदौ ६ गते शुक्रबार ०९:१२
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना