काठमाडौँ। बुङ्गल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ८३ करोड रुपैयाँको २९ करोड ५ लाख रुपैयाँको १०० अंकित दरको २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
जसमध्ये १० प्रतिशत अर्थात् ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी २० करोड ७५ लाख रुपैयाँको १०० अंकित दरको २० लाख ७५ हजार कित्ता २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
१ लाख ३ हजार ७५० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागिएको हो।
साधारण शेयरमा न्युनतम १० देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
विद्युत् परियोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ।


