काठमाडौँ। रौतहटको रौतहटको गौर–सिरसिया सडकखण्डअन्तर्गत मुडवलबा मोडमा एक महिलाको शव फेला परेको छ। गएराति त्यहाँ शंकास्पद सुटकेस फेला परेकोमा उक्त सुटकेस खोली हेर्दा रसीले बाँधिएको अवस्थामा महिलाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सुटकेसभित्र साडी लगाएकी महिलाको शव फेला परेको हो। हत्या गरी सुटकेसमा शव राखिएको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ।
मृतकको पहिचान खुलेको छैन।
घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर अनुसन्धान अघि बढाएको छ।


