काठमाडौँ। जिल्ला अदालत काठमाडौँले महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य डा अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति दिएको छ।
म्याद थपका लागि बिहीकार अदालतमा पेस गरिएका पाँडेलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो।
पाँडेविरुद्ध साइबर अपराध सम्बन्धी उजुरी परेको थियो। एक महिलाले उनीविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएपछि बुधबार आफैँ साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका थिए।
२०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपा प्रवेश गरेका वातावरणविद् पाँडे २०८० मा रास्वपाको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए।


