काठमाडौं – घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी–ट्वान्टी महिला सिरिजमा ३–२ को जित निकालेको छ। पहिलो खेलमा नै हार बेहोरेको नेपालले अन्तिम खेलमा जित निकाल्दै सिरिज कब्जा गरेको हो।
अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १ सय १० रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै जित निकालेको हो।
आजको खेलमा नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाईन्। तर नेपालले पहिलो ओभरमै ओपनर कविता कुँबरलाई व्यक्तिगत गुमाएको थियो। उनी ४ रनमै आउट भइन्। ईन्दु बर्माले ९ बलमा ५ रन बनाएर पेवेलियन फर्किइन्।
त्यस्तै, सीता र कप्तान रुबिना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन्।
नेपालविरुद्ध मलेसियाकी हमिजा हसिमले २ विकेट लिएकी थिइन्। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। जहाँ वान जुलियाले सर्वाधिक ४७ रन, विनिफ्रेड दुराईसिंघमले २४ तथा महिराह इज्जाती इस्माइलले २० रन बनाईन्।
नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन्।
पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेर सिरिज बराबरी गरेको थियो। त्यसपछि तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा गरेर पलिहे पटक खेलमा लिड गरेको थियो। तर चौथो खेलमा नेपालले हार ब्यहोर्यो। यता मलेसियाले ६ विकेटले जितेको थियो। यसरी सिरिज २–२ को बराबरीमा पुगेको थियो।
तर, अन्तिम खेलमा जित निकाल्दै नेपालले पाँच खेलको सिरिज जितेको हो।


