काठमाडौँ: नेपालको पहिलो भिडियो आधारित बुकिङ प्लेटफर्म ‘हिप्पी स्टे’ ले आफ्नो नयाँ वेबसाइट ‘सफ्ट लन्च’ गर्दै १०० जनालाई नि:शुल्क बस्ने र खाने अवसर दिने घोषणा गरेको छ। भाग्यशाली विजेताहरूले डिनर र ब्रेकफास्टसहितको फ्रि प्याकेज पाउनेछन्।
‘हिप्पी स्टे’मा ग्राहकहरूले विभिन्न होमस्टे, होटल र रिसोर्टका वास्तविक भिडियोहरू हेरेर मनपर्ने स्थान सजिलै छनोट गर्न सक्छन्। हाल काठमाडौं, पोखरा, चितवन, इलामसहित ७० भन्दा बढी स्थानका स्थानीय व्यवसायहरू यसमा समावेश भएका छन्। प्लेटफर्ममा प्रति व्यक्ति रू. १००० देखि रू. ३५०० सम्मका विभिन्न सेवासुविधा उपलब्ध हुने बताइएको छ।
गिभअवेमा सहभागी हुनका लागि प्रयोगकर्ताले हिप्पी स्टेको आधिकारिक इन्स्टाग्राम र टिकटक ह्यान्डल @hippie.stay फलो गर्नुपर्नेछ। त्यसपछि hippiestay.com मा गएर फारम भर्ने व्यवस्था मिलाइएको छ। असोज २५ गतेभित्र फारम भरेका मध्येबाट असोज २६ मा हुने ‘लक्की ड्र’ मार्फत ५० विजेताहरू छानिनेछन्। प्रत्येक विजेताले एक जना साथी लिएर नि:शुल्क प्याकेज उपयोग गर्न पाउनेछन्।
हालसम्म १५ हजार ३१७ बढी प्रयोगकर्तालाई सेवा दिईसकेको र स्थानीय व्यवसायहरूलाई प्याकेजबाट मात्रै प्रत्यक्ष रूपमा २ करोड बढीको व्यापारको लागि समन्वय गरिसकेको हिप्पी स्टेले जनाएको छ।


