२०८३ कार्तिक २५ गते मङ्गलबार

आन्दोलनका घाइते भन्छन्- हिँड्न नसकिएला तर मन सडकमै छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
genz-gaite
फाइल तस्बिर

आज असोज २३ गते ठीक एक महिना भयो, जब ‘जेन-जी आन्दोलन’ का नारा सडकमा गुञ्जिए र गोलीहरूको आवाजले देश थरथर काँप्यो। अघिल्लो महिनाको २३ भदौ, संसद् भवन अगाडिको सडक भिड र हल्लामय थियो। रगत, नाराहरू, अनि सपना—सबै त्यहीँ बगेका थिए।

ती दिनका साक्षी बनेका केही युवाहरू अझै पनि अस्पतालमा छन्। आन्दोलन त रोकिएको छ, तर उनीहरूको जीवन अझै अस्थिर छ। त्यो दिनहरूको पीडा अहिले चाडपर्वको बेला पनि राष्ट्रिय ट्रमा सेन्टरको वार्डभित्र जिवन्त छ।

‘२० हजारको सहयोगले पीडा मेटिँदैन’
आन्दोलनको पहिलो दिन सम्झिँदा २१ वर्षीय सुरेश पोखरेल अझै अवाक् हुन्छन्। ‘हामी संसद् भवन छिर्ने योजना बनाउँदै थियौं,’ उनी सम्झन्छन्, ‘अचानक गोली लाग्यो, अनि के भयो केही थाहा नै भएन, आँखा खोल्दा म अस्पतालमा थिएँ।’

उनको तिघ्रामा गोली लागेको छ। पाँचपटक शल्यक्रिया भयो। बोल्न, हिँड्न, सास फेर्न सबै कुरा फेरि सिक्नुपरेको छ। ‘दशैंमा सबैले रमाइलो गरे, म त बेडमै बसिरहेँ, नरमाइलो लाग्यो। आमा–बुबा रोइरहनु भयो,’ उनी भन्छन्, ‘२० हजारको सहयोग पाएँ, तर त्यो त लाज छोप्न दिइएको पैसा जस्तो लाग्यो।’

सुरेशले भने- ‘हामी माग लिएर सडकमा निस्केका हौं, अपराधी होइनौं। सरकार आएर फोटो खिच्छ, तर घाउमा मलम लगाउँदैन। परिवर्तन त कहाँ भयो र ? १ प्रतिशत पनि छैन।’

तर उनको स्वरमा आक्रोश मात्र छैन, योजना पनि छ। “निको भएपछि सबै घाइतेहरू भेला भएर फेरि निस्कने तयारीमा छौं,” उनी भन्छन्, “यसपालि हामी चुप लागेर बस्दैनौं।”

‘दुबै खुट्टा नचले पनि हृदय अझै लडिरहेको छ’
२५ वर्षीय राकेश कुमार महतो आन्दोलनको पहिलो दिनमा गोली लागेर ढलेका थिए। गोली मेरुदण्डमा लागेको असरले दुबै खुट्टा चल्न छोडे। ‘डाक्टरले भनेका छन्—अब उठेर हिँड्न सक्दैनौ,’ उनी भन्छन्, ‘तर मेरो मन अझै सडकमा छ।’

यसपालीको दशैं उनीका लागि पीडाको पर्व बन्यो। ‘ममी मेरो अवस्था देखेर बिरामी हुनुभयो, दुईचोटि बेहोस हुनुभयो।’ राकेश भन्छन्—’मलाई ज्यान गयो भने पनि मतलब थिएन, देश बदलियोस् भन्ने थियो। तर जुन सपना देख्यौं, त्यो त धुम्मिएको छ। परिवर्तन होइन, पुरानै चाल चल्दैछ।’

उनी दृढ बन्छन्,’पुनः आन्दोलन भयो भने म फेरी सडकमा उत्रन्छु। फेरि गोली खानु पर्‍यो भने पनि देशका लागि तयार छु।’

“हामीले डर हटायौं, तर घाउ बाँकी छ”

२५ वर्षीय मदन कार्की मिनभवन अगाडि आन्दोलनमा थिए। गोली उनको छाती र पाखुरामा लाग्यो। अहिले पनि पट्टि बाँधिएको छ, तर उनले हिम्मत हारेका छैनन्।

दशैं उनका लागि खल्लो रह्यो। “घरमा टीका लगाउन पनि पाइएन, दुःख त धेरै भयो,’ उनी भन्छन्, ‘तर कम्तीमा हामीले यो देशमा युवा बोल्न सक्छन् भन्ने डर हटाएका छौं।’

उनको दृष्टिमा आन्दोलनले जनतालाई आफ्नो शक्ति बुझाएको छ। ‘अब नेपालीहरू बुझ्न थालेका छन्, देशको हकका लागि बोल्नुपर्छ,’ उनी भन्छन्।

“हात गुम्यो, तर आत्मा अझै बलियो छ”
२९ वर्षीय सञ्जीव सापकोटा झापामा आन्दोलनको दोस्रो दिन सिलिन्डर विष्फोट हुँदा उनको दाहिने हात काट्नुपर्‍यो। उनले अस्पतालमा मुस्कान बाँड्दै समय बिताउँछन्। ‘अहिले पनि फोनबाट काम गर्छु, अरू बिरामीसँग कुरा गर्छु,” उनी भन्छन्। “जीवन गाह्रो छ, तर सोच सकारात्मक राख्नुपर्छ।’

सञ्जीवको शब्दहरूमा निराशा होइन, सन्देश छ—’शरीर अपांग भयो भनेर केही बिग्रेको छैन। मान्छे आफ्नो सोचले अमर हुन्छ। हक–हितका लागि लड्नुपर्छ। म अर्को पटक आन्दोलनमा आउन सक्छु, मैले हार मानेको छैन।’

उनी पनि वर्तमान सरकारप्रति कटाक्ष गर्न छुटाउँदैनन्, ‘देशमा परिवर्तन भएको जस्तो देखिए पनि ‘बाघको छालामा स्यालको रजाइ’ जस्तै छ। तर म मान्दिनँ कि हाम्रो बलिदान व्यर्थ भयो।” साँचो परिवर्तन तब हुनेछ, जब घाइतेका चिच्याहट सुन्न सक्ने सरकार बन्छ।’

राष्ट्रिय ट्रमा सेन्टरका अनुसार ‘जेन-जी आन्दोलन’ का क्रममा घाइते भएका १९२ जनामध्ये हाल १८१ जना डिस्चार्ज भइसकेका छन्। बाँकी ११ जना अझै पनि अस्पतालमै उपचाररत छन्। तीमध्ये कतिपयको अवस्था सुधारोन्मुख छ, तर धेरैका शरीरभित्रका घाउ र मनभित्रका डर अझै बाँकी छन्।

पीडा, प्रतिज्ञा र उत्तरदायित्वको माग
एक महिना बित्दा राजनीतिक हल्ला र सार्वजनिक बहस जति भए पनि, ट्रमा सेन्टरका ती बेडहरुमा बसिरहेकाहरूको यथार्थ अपरिवर्तित छ। उनीहरुको शारीरिक घाउले समय माग्छ तर उनीहरुको आवाजले तत्काल जवाफ र ठोस कदमको माग गर्छ।

यी जवानहरुको कथाले स्पष्ट गर्छ, बलिदान केवल एउटा नारा होइन, त्यो राज्य र समाजका लागि प्रत्यक्ष जिम्मेवारी हो। अब चाहिएको छ—वचन मात्र होइन, व्यवहार। र त्यो व्यवहार नदेखिए, ती आवाजहरु फेरि सडकमा सुनिनेछन्।

शब्द र तस्बिर: ममुन केसी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८२ असोज २३ गते बिहिबार ०४:५४
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना