२०८३ कार्तिक १५ गते शनिवार

भोटेकोशी आयोजनाबाट जेनजीले १९ करोडको शेयर पाउने, कम्पनीको जमानीमा बैंकबाट ऋण लिइने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २७
Bhotekoshi

काठमाडौँ: तारा म्यानेजमेन्ट प्रालिले सञ्चालन गरिरहेको भोटेकोशी आयोजनाबाट जेनजी समूहले १० प्रतिशत शेयर पाउने भएका छन्। जेनजीले भोटेकोशी पावर कम्पनीबाट १९ करोड रुपैयाँ बराबरको शेयर पाउने भएका हुन्।

नेपाल–चीन सीमा नजिक रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको भोटेकोशी पावरले ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजना प्रभावित स्थानीयले स्थापना गरेको भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई १० प्रतिशत शेयर दिने सहमति गरेको भोटेकोशी पावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विक्ररत्न स्थापितले नेपाल क्लिक्सलाई बताए।

उनका अनुसार प्रतिकित्ता १०० रुपैयाँमा १९ करोड रुपैयाँ शेयर भोटेकोशी जेनजीलाई दिने भएको छ। कम्पनीको चुक्तापुँजी एक अर्ब ९० करोड रुपैयाँ रहेको छ।

शेयर दिने विषयमा भोटेकोशी पावर कम्पनी र भोटेकोशी जेनजी पब्लिकबीच आइतबार सम्झौता भएको छ। सीईओ स्थापितले कम्पनीलाई निःशुल्क शेयर दिने सहमति नगरेको स्पष्ट पारेका छन्। भोटेकोशी पावर र जेनजीबीच भएको सम्झौताअनुसार अंकित मुल्य १०० रुपैयाँमा शेयर दिने सहमति भएको छ।

शेयर खरिदका लागि भोटेकोशी पावरले बैंक जमानी बसेर लगानीकर्तालाई ऋण दिलाउने भएको छ। उक्त ऋण आयोजनाबाट प्राप्त हुने लाभांशबाट भुक्तानी गर्ने सहमति भएको छ। लाभांशबाट फछ्यौट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सकार्ने सहमति गरिएको छ।

जेनजी आन्दोलनपछि आयोजना प्रभावित भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले जेनजी ग्रुप बनाउँदै उसका नाममा १० प्रतिशत निःशुल्क शेयर मागेर गत भदौ २५ गतेदेखि आयोजना बन्द गरेको थियो। आयोजना बन्द गर्दा कम्पनीलाई करोडौँ रुपैयाँ नोक्सान भएको छ।

आयोजना सञ्चालनमा आउँदासम्म आयोजना प्रभावितलाई शेयर दिनुपर्ने व्यवस्था थिएन। स्थानीयलाई पनि जलविद्युतको मालिक बनाउन पछि न्यूनतम् १० प्रतिशत शेयरको व्यवस्था सरकारले गरेको हो। २०७१ मा स्थानीयले शेयर माग गर्दै आन्दोलन गरेपछि भोटेकोशी पावरले ६ प्रतिशत शेयर दिने सहमति गरेको थियो। २०७२ को विनासकारी भूकम्प र बाढीले आयोजनामा ठूलो क्षति गरेपछि उक्त सहमति कार्यान्वयनमा आएको थिएन।

भोटेकोशी पावरले आयोजना प्रभावितलाई दिने भनेको १० प्रतिशत शेयर २०७१ पुस ९ को सम्झौताबमोजिम ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरिएको छ।

जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई पहिलो पक्षको कम्पनीको शेयरधनी बनाइ सकेपछि दोस्रो पक्षको १० प्रतिशत शेयरको लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति भएको छ। दोस्रो पक्षले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व वापत दिदै आएको साबिकको रकममा थप गरि वार्षिक दुई करोड पचास लाख रुपैयाँ दिने भएको छ।

थप सात अर्ब लगानी
२०७२ को भूकम्प र त्यसपछि भोटेकोशी नदीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति भएको थियो। आयोजना विसं २०७४ मा पुनःनिर्माणको काम सुरु भएको हो । आयोजनाको चीनको सिनो हाइड्रो कर्पोरेशनले पुनर्निमाण गरेको थियो। आयोजनाबाट २०७६ पुसदेखि व्यवसायिक बिजुली उत्पादन थालेको हो।

त्यसबेला आयोजनाको बाँध र विद्युतगृह नयाँ बनाइएको छ। आयोजना बनाउन तारा म्यानेजमेन्टले ७ अर्ब रुपैयाँ थप लगानी गरेको छ। यसअघि आयोजना १४ अर्ब रुपैयाँमा निर्माण भएको थियो।

आयोजनाको बाँध, पेनस्टक पाइप, सुरुङलागयत सबै संरचना पहिलाको भन्दा बढी मजवुत बनाइएको छ। आयोजना नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको छ। भोटेकोशी नदीमा पानीको वहाव कम हुँदै गएकाले माघमा उत्पादन घटेर १७ मेगावाटसम्ममा झर्ने गरेको छ।

क्यू ४० मा डिजाइन गरिएको आयोजनाबाट वार्षिक २९ करोड ९३ लाख युनिट बिजुली उत्पादन हुने गरेको छ। नेपाल विद्युत प्राधिकरणले आयोजनाको बिजुली डलरमा खरिद गर्दै आएको छ। पहिला ३६ मेगावाटको मात्र पीपीए भएकोमा पछि नौ मेगावाटको बेग्लै भएको छ। नौ मेगावाटको प्रति युनिट १.६२ रुपैयाँमा विद्युत प्राधिकरणले बिजुली किन्दै आएको छ।

२०७२ को भूकम्पले पेनस्टक पाइपमा क्षति पुर्‍याएको थियो। पेनस्टक पाइप बनेपछि २०७३ साउनमा आएको बाढीले पुनः आयोजनाको बाँध संरचना पुर्नुका साथै विद्युतगृहमा क्षति पुर्याएको थियो। आयोजनाको तातोपानीको १० किलोमा रहेको बाँध पूरै क्षतिग्रस्त हुनुका साथै दुई ओटा ढोकासमेत बाढीले पुरिएको थियो। कङ्क्रिट ढलानको बाँधको सडकपट्टिको कमजोर भूभागबाट बाढीले खोलेको थियो। आयोजना नेपाल र चीनको सीमाना तातोपानी भन्सार नजिक छ।

आयोजना सन २००१ देखि सञ्चालनमा आएको हो । अमेरिकाको पाण्डा इनर्जीले निर्माण गरेको थियो। २००६ मा पाण्डाको सबै शेयर नेपालको तारा म्यानेजमेन्टले खरिद गरेको हो । आयोजनाको इजाजत (लाइसेन्स) अवधि ४० वर्षको छ। ९५ प्रतिशत तारा म्यानेजमेन्टको र बाँकी ५ प्रतिशत अमेरिकाको हार्जा इन्टरनेसनल इंकको स्वामित्व छ। आयोजना ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी भएको थियो।

आयोजनामा विश्व बैंकअन्र्तगतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र डीईजी जर्मनीले ऋण लगानी गरेका थिए। आयोजना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको तातोपानीमा बाँधस्थल र फुलिङकट्टी झिर्पुमा विद्युतगृह रहेको छ। नेकपा एमालेले राष्ट्रभक्ति देखाउँदा ४०२ मेगावाटको अरुण तेस्रो आयोजनाको अवसानपछि मुलुकमा ऊर्जा संकट टार्न त्यसबेलाको सरकारले भोटेकोशी र ६० मेगावाटको खिम्ती आयोजना विदेशीलाई बनाउन लाइसेन्स दिएको हो।

यि दुई आयोजनासँगै १४४ मेगावाटको कालिगण्डकी ए आयोजना पनि निर्माण सुरु भएको हो। अरुण तेस्रोको क्षमता ९०० मेगावाट बनाएर अहिले भारतीय कम्पनी एसजेबीएन लिमिटेडले आयोजना बनाइरहेको छ।

प्रकाशित: २०८२ असोज २७ गते सोमबार ११:१८
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना