काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकार क्रान्तिपछि बनेको भन्दै सुशासन कायम गर्ने बताएका छन्। सुशासन कायम गर्ने क्रममा केही भ्रष्टाचारीहरू कानुनको दायरमा आउन पनि सक्ने उनले बताए।
बुधबार गृह मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको सरकार क्रान्तिपछि बनेको बताउँदै सुशासनका लागि के–के गर्नुपर्छ सरकारले गर्ने बताए।
‘यो क्रान्तिपछि बनेको सरकार हो हेक्का रहोस्। सुशासनका लागि के के गर्नुपर्छ गर्छ। सुशासनका लागि विद्रोह भएपछि हामीले छाड्छौँ ? सुशासन गर्दै जाँदा कोही भ्रष्टाचारीहरू कानुनको दायरामा आउन पनि सक्छन्।’
यसैगरी उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै अपदस्त भएकाहरूबाट सुरक्षा चुनौती थप्ने गतिविधि भैरहेको बताएका छन्। अहिलेको सरकारले सुरक्षा दिइरहेको बताउँदै जो अपदस्त भएका थिए तिनबाट सुरक्षा समस्या नेशनल सेक्युरिटी क्राइसिस थप्ने खालका गतिविधिहरू भएको बताएका हुन्।
उनले त्यसलाई निगरानी गरेर सुरक्षा दिने पनि उनले बताए। निगरानी गर्नुपर्ने तत्व को हुन् भन्ने आफूहरूले थाहा पाएको उनको भनाइ थियो।


