२०८३ कार्तिक १५ गते शनिवार

डलरलगायत प्रमुख मुद्रा कमजोर बन्दै,सुन ‘रिजर्भ करेन्सी’बन्न लागेको हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३०
Gold Shop Newroad.-2127

काठमाडौं। अहिले विश्व बजारमा सुनको मूल्यवृद्धि चिन्ताको विषय बनेको छ। सुनको भाउ बढेर दिनहुँ नयाँ रेकर्ड कायम भइरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढेर प्रतिऔंस ४२ सय ३९ डलरसम्म पुगेको छ। यो हालसम्म कै उच्च मूल्य हो।

सुनलाई रिजर्भ करेन्सी (सञ्चित मुद्रा) मानेर लगानीकर्ताले लगानी बढाएपछि मूल्य बढ्दा यसको असर विश्व बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्।

नेपाल क्लिक्ससँग कुरा कुरा गर्दै उनले भने “पहिला सुनलाई सुरक्षित लगानीको क्षेत्रको रुपमा लिइँदै आएकोमा अब रिजर्भ करेन्सीको मानेर सञ्चिती बढाउन थालिएको छ” उनले भने “पहिला सम्पत्ति बचाउन सुरक्षित क्षेत्र ठानेर लगानी गरेको पाइन्थ्यो। अहिले पैसाको रुपमा लिएर सुनलाई सञ्चिती हुन थालेको छ।”

अहिले विश्वमा डलर, युरो, पाउन्ड र युआनलगायत सबै मुद्रा कमजोर भएका छन्। मुद्रा कमजोर हुन थालेपछि सुन करेन्सीको रुपमा प्रयोग हुन थालेको जानकारी आएको उनले बताए।

“अब डलर, रुबल र युआन राखेर भएन सुनै चाहियो भन्ने कुरा आएको छ। पहेंलो धातु सुन मात्र हो भन्ने सोच आम जनमानसमा पुगेको छ” उनले भने।

अहिले अमेरिकामा ब्याजदर घटिरहेको छ भने मूल्यवृद्धि उकालो लागिरहेको छ। यसलाई नियन्त्रण गर्न बैंकको ब्याजदर घटाउनु पर्ने कुरा आएको उनले सुनाए। लगानीकर्तामाझ डलर, पाउन्ड, युआनलगायत मुद्रामाथि विश्वास घट्दै गएपछि सुनको मूल्य बढेको उनको तर्क छ। सुनको भाउ अझै बढ्ने अनुमान गरिएको छ।

बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर दुई लाख ५० हजार ९०० सय पुगेको महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार सुनको झैं चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

निरन्तर सुनको मूल्य बढ्न थालेपछि स्थानीय बजारमा सुनको कृत्रिम अभाव देखिएको छ। अहिले बजारमा सुन पाउन छाडेको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन्। सुनको भाउ उकालो लागेपछि बजारमा सुनसान देखिएको छ। गत साता नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर २५ किलो पुर्याएको छ। वाणिज्य बैंकले दैनिक २० किलो आयात गर्दै आएका थिए।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेर आयात गर्न सकिने सुनको दैनिक परिमाण २५ केजी बनाएको हो। यस्तो सुन नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरूले मात्र आयात गर्न सक्नेछन्।

सुनचाँदी व्यवसाय गर्ने व्यवसायीले चाँदीका गरगहना, कलात्मक वस्तु आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा एकपटकमा तीन लाख डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था रहेको छ।

व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित: २०८२ असोज ३० गते बिहिबार ११:३०
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना