काठमाडौ: डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा काम गरिरहेको कम्पनी डिशहोमले रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्यअन्तर्गत, डिशहोमका सक्रिय ग्राहकहरूले अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यो सुविधा डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत उपलब्ध हुनेछ, जसलाई ग्राहकहरूले माइ डिशहोम एपमार्फत प्रयोग गर्न सक्नेछन्। यस साझेदारीपछि डिशहोमका ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १०% छुट पाउनेछन्। छुट प्राप्त गर्नका लागि ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।
यसका लागि माई डिशहोम एप इन्सटल गरेर दर्ता गर्नुपर्नेछ। अनि डल्लेमा कार्ड देखाएर छुट पाउन सकिने छ। सम्झौता पत्रमा डल्लेका प्रबन्ध निर्देशक आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईबीच हस्ताक्षर गरिएको हो।


