२०८३ कार्तिक १४ गते शुक्रबार

अमेरिकी प्रतिबन्धपछि रुसको तेल कम्पनी लुकोइलद्वारा विदेशी सम्पत्ति बेच्ने घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ११
lukoil

मस्को,एएनआई। अमेरिकी प्रतिबन्धकोपछि रूसको प्रमुख तेल कम्पनी लुकोइलले आफ्नो अन्तर्राष्ट्रिय सम्पत्ति बेच्ने निर्णय गरेको छ। कम्पनीले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा सम्भावित खरिदकर्ताहरूबाट बोलपत्र माग्ने प्रक्रिया सुरु गरिएको उल्लेख छ।

रूसी राज्य मिडियाका अनुसार सम्पत्ति बिक्री प्रक्रिया अमेरिकी विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (अमेरिकी ओएफएसी) द्वारा जारी विन्डडाउन इजाजतपत्र अन्तर्गत सञ्चालन गरिनेछ। कम्पनीले भन्यो, “केही राष्ट्रले लुकोइल र यसको सहायक कम्पनीहरूविरुद्ध लगाएका प्रतिबन्धका कारण यो कदम आवश्यक भएको हो।”

अमेरिकी ओएफएसीले कम्पनीलाई विदेशमा सञ्चालन बन्द गर्न वा अन्यथा भारी जरिवाना भोग्न नोभेम्बर २१ सम्मको समयसीमा दिएको छ। लुकोइलले आवश्यक परे इजाजतपत्र विस्तारका लागि आवेदन दिने योजना रहेको जनाएको छ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि तेल र ग्यास कम्पनी रोसनेफ्ट सँगै लुकोइलमाथि प्रतिबन्ध लगाएको घोषणा गरेपछि आएको हो। ट्रम्प प्रशासनले यो कदमलाई ‘युक्रेनमा युद्ध अन्त्य गर्न रूसको गम्भीर प्रतिबद्धताको अभावको परिणाम’ भनेर व्याख्या गरेको थियो।

अमेरिकी अर्थ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यी प्रतिबन्धहरूले रूसको ऊर्जा क्षेत्रमा थप दबाब सिर्जना गर्नेछन् र क्रेमलिनको युद्धका लागि राजस्व बढाउने क्षमतालाई कमजोर पार्नेछन्।”

अर्थमन्त्री स्कट बेसेन्टले भने, “यो युद्ध रोक्ने र तत्काल शान्ति स्थापना गर्ने समय हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले हामीले क्रेमलिनको युद्ध मेसिनलाई आर्थिक रूपमा पोषण गर्ने दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएका हौँ। आवश्यकता परे थप कारबाही गर्न तयार छौँ।”

यसै क्रममा, वासिङ्टनले रूसी संस्थाहरूसँग कारोबार गर्ने कम्पनीहरूलाई एक महिनाभित्र सम्बन्ध तोड्न चेतावनी दिएको छ। अन्यथा ती कम्पनीहरूलाई अमेरिकी बैंक, व्यापारी, ढुवानी र बीमा सेवामा पहुँच नदिने चेतावनी दिइएको छ।

लुकोइल रूस र विदेशमा तेल तथा ग्यासको अन्वेषण, उत्पादन, शोधन, वितरण व्यवसायमा संलग्न छ। अमेरिकी अर्थ मन्त्रालयले कम्पनीका सहायकहरूलाई ‘एक्जीक्युटिभ अर्डर १४०२४’ अन्तर्गत रूसको ऊर्जा क्षेत्रमा सञ्चालन गर्ने कारण निर्दिष्ट गरेको छ।

यी सहायक कम्पनीहरूमा लुकोइल पर्म, लुकोइल वेस्ट साइबेरिया लिमिटेड, लुकोइल कालिनिनग्रादमोर्नेफ्ट, उरालोइल र रूसी इन्नोभेसन इन्धन तथा ऊर्जा कम्पनी समावेश छन्। यिनीहरूले भूगर्भीय अन्वेषणदेखि तेल र ग्यास उत्पादन तथा प्रविधि विकाससम्मका कार्य गर्छन्।

लुकोइलले भनेको छ, “हामी आफ्नो अन्तर्राष्ट्रिय सम्पत्तिको निरन्तर सञ्चालन सुनिश्चित गर्न प्रतिबद्ध छौँ र शान्तिपूर्ण समाधानका लागि आवश्यक सबै कानूनी बाटो अपनाउनेछौँ।”

प्रकाशित: २०८२ कार्तिक ११ गते मङ्गलबार ०५:०५
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना