काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) लिमिटेडमा सूचिकृत सोल्टी होटल्स लिमिटेडले सेयरधनीलाई ३१.५७ प्रतिशत लाभांश दिने भएको छ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको २५९ औं बैठकले १६.५७ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। होटलले प्रस्तावित लाभांश पारित गर्न मंसिर २८ गते ५१ औं वार्षिक साधारणसभा बोलाएको छ।
सभाबाट पारित भएपछि होटलले सेयरधनीलाई लाभांश वितरण गर्नेछ। होटलले १६ करोड ९४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।


