२०८३ कार्तिक १३ गते बिहिबार

अमेरिकी प्रतिबन्धको डरः भारतको एचएमइएलले किन्न छाड्यो रुसी तेल, रिलायन्स पनि पछि हट्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १३
hmel

नयाँदिल्ली,एएफपी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई प्रमुख तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि भारतीय राज्य–समर्थित रिफाइनरी एचपिसिएल–मित्तल एनर्जी लिमिटेड (एचएमइएल) ले रुसी कच्चा तेल खरिद स्थगित गरेको जानकारी दिएको छ।

राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइएको आयात शुल्क बढाएर ५० प्रतिशत पुर्‍याउनुभएपछि गत अगस्टमा वासिङ्टन र नयाँदिल्लीबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो। अमेरिकी अधिकारीहरूले भारतले मस्कोबाट छुटमा तेल किनेर अप्रत्यक्ष रूपमा युक्रेनमा रूसको युद्धलाई सहयोग गरिरहेको आरोप लगाएका थिए।

राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्भावित अमेरिकी व्यापार सम्झौताका सर्तहरूअन्तर्गत आफ्नो रुसी तेल आयात घटाउने सहमति जनाएको दाबी गरेका छन्। तर, भारत सरकारको तर्फबाट सो दाबीको पुष्टि भएको छैन।

स्टिल व्यवसायी लक्ष्मी निवास मित्तल र राज्य–स्वामित्वको हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपिसिएल) बीचको संयुक्त लगानीमा स्थापित एचएमइएलले हाल जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रूसी कच्चा तेलको थप खरिद अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरिएको छ।” कम्पनीले सो निर्णय अमेरिका, युरोपेली संघ (इयु) र बेलायतले रुसबाट तेल आयातमा नयाँ प्रतिबन्ध घोषणा गरेलगत्तै लिएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, “एचएमइएलको व्यापारिक गतिविधि भारत सरकारको नीति र राष्ट्रिय ऊर्जा सुरक्षासँग पूर्ण रूपमा सुसङ्गत रहेको छ।”

यसैबीच, रूसी तेलको अर्को प्रमुख भारतीय क्रेता रिलायन्स इन्डस्ट्रिजले पनि वासिङ्टन र इयुका ताजा प्रतिबन्धहरूको प्रभाव मूल्यांकन भइरहेको जनाएको छ। कम्पनीका प्रवक्ताले भनेका छन्, “हामी युरोपमा परिष्कृत पेट्रोलियम उत्पादनहरूको आयातसम्बन्धी इयुका निर्देशिका तथा भारत सरकारका दिशानिर्देशहरूको पूर्ण पालना गर्नेछौँ।”

इयुले सन् २०२६ को अन्त्यसम्ममा रुसबाट तरल प्राकृतिक ग्यास (एलएनजी) आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ। रिलायन्सले आफ्नो ‘परिक्षित र विविधीकृत कच्चा तेल स्रोत रणनीति’ का माध्यमबाट घरेलु र निर्यात दुवै बजारका आवश्यकताहरू पूरा गर्न र रिफाइनरी सञ्चालनलाई स्थिर राख्ने विश्वस्तता व्यक्त गरेको छ।

लन्डनस्थित फाइनान्सियल टाइम्सले बुधबार प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनअनुसार एचएमइएलले विगतमा त्यस्ता रूसी तेलका ढुवानीहरू प्राप्त गरेको थियो, जसमा प्रयोग भएका केही जहाजहरू पछि अमेरिका र इयुको प्रतिबन्ध सूचीमा सूचीकृत गरिएका थिए। तर कम्पनीले ती जहाजहरू आफैँले भाडामा नलिएको र सम्पूर्ण ढुवानी शृङ्खलामा आफ्नो सीमित दृश्यता रहेको स्पष्टीकरण दिएको छ।

एचएमइएलले थप स्पष्ट गर्दै भनेको छ, “भारतमा कच्चा तेल पुर्‍याउने जहाजहरू डेलिभरीको समयमा अमेरिकी प्रतिबन्धको अधीनमा परेका थिएनन्।”

विश्वका सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता देशमध्ये पर्ने भारत आफ्नो कुल तेल आवश्यकताको करिब ८५ प्रतिशतभन्दा बढी विदेशी स्रोतबाट प्राप्त गर्दछ। परम्परागत रूपमा मध्यपूर्वी उत्पादकहरूमाथि निर्भर भारतले सन् २०२२ देखि पश्चिमी राष्ट्रहरूले रूसमाथि लगाएका प्रतिबन्धहरूका बीच मस्कोको छुटमा उपलब्ध कच्चा तेल खरिद गर्दै आएको थियो।

प्रकाशित: २०८२ कार्तिक १३ गते बिहिबार ०२:०७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना