काठमाडौँ: सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारण सभा आगामी मंसिर २८ गते हुने भएको छ। कम्पनीले सो दिन बिहान १० बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।
कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समितिको २५९औँ बैठकले साधारण सभाको मिति र स्थान निर्धारण गरेको हो।
साधारण सभाको प्रयोजनका लागि कम्पनीको शेयर दर्ता किताब (बुक क्लोज) मंसिर ५ गतेदेखि मंसिर २८ गतेसम्म बन्द रहनेछ। यस अवधिमा शेयर दाखिला तथा खारेज सम्बन्धी कुनै पनि प्रक्रिया गर्न नपाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार वार्षिक साधारण सभासँग सम्बन्धित छलफलका एजेन्डाहरू पछि प्रकाशित गरिनेछ।


