काठमाडौं। महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको सोमबार बिहान बसेको ६३५ औं सञ्चालक समिति बैठकले सेयरधनीलाई ४४ करोड ५५ लाख रुपैयाँ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो।
जसअनुसार पाँच प्रतिशत अर्थात २१ करोड ४८ लाख रुपैयाँबराबर बोनस सेयर र ५.३७ प्रतिशत अर्थात २३ करोड साता लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति र आसन्न २४ औं वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ। बैंकको चुक्ता पुँजी चार अर्ब २९ करोड ६४ लाख रुपैयाँ छ।
बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी बढ्ने छ।


