काठमार्डौ। सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेशप्रसाद खत्रीले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
कोषमा आज प्राप्त हुन आएको चेक रकमसहित कूल सात करोड एकाउन्न लाख ६० हजार रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यलाई तत्काल अघि बढाउन मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश, २०८२ जारी गरेको थियो।
उक्त गठन आदेशले संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई अमूल्य योगदान गर्न अनुरोध गरेको थियो।


