काठमाडौँ: डिशहोमले नेपालका अग्रणी स्पा तथा सलोन सेवामध्ये एक, द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको छ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्डमार्फत अब सक्रिय ग्राहकहरूले देशभरका ट्राङक्विलिटी स्पा शाखामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
यस अन्तर्गत स्पा र सलोन सेवामा २५ प्रतिशत, सलोन सेवामा २० प्रतिशत र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीका तालिम कार्यक्रममा ३० प्रतिशत छुट उपलब्ध हुनेछ।
सहकार्य सम्झौतामा ट्राङक्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका नयाँ उत्पादन विकास प्रमुख सबिन महर्जनले हस्ताक्षर गरेका हुन्।
डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस साझेदारीले ग्राहकलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव दिने विश्वास व्यक्त गरे। कम्पनीले भर्चुअल प्रिभिलेज कार्डमार्फत देशभरका विभिन्न सेवा प्रदायकसँग सहकार्य गरी मनोरञ्जन, वेलनेस र जीवनशैलीका क्षेत्रमा विशेष सुविधा प्रदान गर्दै आएको छ।


