काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक वृद्धि भएको छ। नेप्से आज ३.२१ अंक बढेर २ हजार ५६५ को विन्दुमा बन्द भएको छ।
नेप्सेका अनुसार आज ७९ लाख ४७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ। साथै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा साहस उर्जा लिमिटेड सबैभन्दा बढी कारोबार भएको कम्पनी बनेको छ। कम्पनीले आजमात्रै सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो भने सत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने जानकारी दिएको थियो। जसको सकारात्मक प्रभाव सेयर मूल्यमा देखिएको हो।
त्यस्तै, भर्खरै दोस्रो बजारमा सूचीकृत भएका ५ नयाँ कम्पनीका सेयरमा पनि सकारात्मक सर्किट लागेको छ।


