काठमाडौँ: नेकपा एमालेका पूर्व सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन हाजिरी जमानीमा छुटेका छन्। स्वास्थ्य अवस्थाका कारण उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिहा गरेको हो।
मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले भट्टचनलाई थुनाबाहिरै राखेर मुद्दा अघि बढाउने निर्णय गरेको हो। सोही निर्णयअनुसार सरकारी वकिलको आदेशपछि भट्टचनलाई हिरासतबाहिर राखेर अनुसन्धान जारी राख्ने व्यवस्था गरिएको सीआईबीका एसपी निरन्जनदत्त भट्टले जानकारी दिए।
भट्टचनलाई कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरिएको थियो। उनीमाथि सहकारी ठगीसम्बन्धी उजुरीका आधारमा सीआईबीले अनुसन्धान गर्दै आएको छ। ठाकुरप्रसाद मानन्धरले उनीसहित अन्य व्यक्तिहरूविरुद्ध जाहेरी दिएका थिए।







