काठमाडौँः कुमारी बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा आर्जन गरेको छ।
बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको सञ्चालन नाफामा भने उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा सञ्चालन नाफा ३२.३९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ रहेको थियो।
बैंकको निक्षेप संकलन ६.३६ प्रतिशत बढेर ४ खर्ब २८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ७.६८ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने २८।१९ प्रतिशतको गिरावट आएको छ। खुद ब्याज आम्दानी २ अर्ब ९१ करोड रुपैयाँबाट घटेर २ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। अर्कोतर्फ, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम ६४.४१ प्रतिशतबाट घटेर ४४ करोड ९९ लाख रुपैयाँमा झरेको छ। कर्मचारी खर्चसमेत १५.९७ प्रतिशत घटेको बैकले जनाएको छ।
बैंकको रिजर्भ ५.०७ प्रतिशत बढेर १८ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कोषको लागत ४.२९ प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा आएको छ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने अघिल्लो वर्षको ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ। बैंकको पुँजी पर्याप्तता अनुपात ८.५४ प्रतिशतबाट सुधार हुँदै ९.१५ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ३९ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १६ रुपैयाँ ११ पैसा थियो। प्रतिसेयर नेटवर्थसमेत सामान्य वृद्धि भई १७२ रुपैयाँ ३१ पैसा पुगेको छ।
त्रैमासको अन्त्यमा बैंकको सेयर बजार मूल्य प्रतिकित्ता २३८ रुपैयाँ ४० पैसा रहेको थियो भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.५५ गुणा कायम भएको छ।


