२०८३ कार्तिक १५ गते शनिवार

१८० मेगावाटको कालिगण्डकी गर्ज बनाउँदै ग्रिन भेन्चर्स, पहिलो त्रैमाशमा सवा ३० करोड नाफा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २८
green_ventures

काठमाडौं। ५२.२ मेगावाटको लिखु–४ जलविद्युत आयोजना सञ्चालन गरिरहेको ग्रिन भेन्चर्स लिमिटेडले १८० मेगावाट क्षमताको कालिगण्डकी गर्जको सेयर खरिद गरेको छ। आयोजना कालिगण्डकी गर्ज हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुँदै छ।

ग्रिन भेन्चर्समा दुई व्यावसायिक घराना विशाल ग्रुप र त्रिवेणी ग्रुपले सञ्चालन गरिरहेका छन्। कालीगण्डकी गर्ज ५१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । ग्रुपले ग्रिन भेन्चर्समार्फत आयोजना खरिद गरेका हुन्।
ग्रिन भेन्चर्स र कालीगण्डकी गर्ज हाइड्रोपावरबीच ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने सम्झौता भइसकेको छ।

आयोजनाबाट विद्युत उत्पादनको अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) प्राप्त भइसकेको ग्रिन भेन्चर्सले जनाएको छ । लक्ष्मी सन्राइज बैंकको अगुवाइमा विभिन्न बैंकहरूको सहवित्तीयकरणमा वित्तीय व्यवस्थापन सम्पन्न भइसकेको छ।

आयोजना बनाउन ३९ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बैंकको ऋण ७५ र स्वपुँजी (इक्विटी) २५ प्रतिशत हुने गरी लगानी संरचना बनाइएको छ। लक्ष्मी सनराइज बैंकले नौ अर्ब, ग्लोबल आईएमई बैंकले नौ अर्ब, सिद्धार्थ बैंकले पाँच अर्ब, हिमालयन बैंक र नेपाल एसबिआई बैंकले ३/३ अर्ब र एभरेस्ट बैंकले दुई अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।

बाँकी लगानी स्वपुँजी (इक्विटी) संस्थापक लगानीकर्ता त्रिवेणी, विशाल ग्रुप र व्यवसायी ज्ञानेन्द्रलाल प्रधान समूहबाट जुटाइने भएको छ। आयोजनामा त्रिवेणी र विशाल ग्रुपको ५१ प्रतिशत, व्यवसायी ज्ञानेन्द्रलाल प्रधानको २५ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ।

आयोजनाको अध्यक्षमा सुभासचन्द्र संघई, अनुज अग्रवाल र ज्ञानेन्द्रलाल प्रधान सञ्चालक छन्।

अर्धजलाशय आयोजनाबाट वार्षिक एक अर्ब पाँच करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। जसअनुसार, वर्षामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने विकासकर्ता कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । नेपाल विद्युत प्राधिकरणले अर्धजलाशय आयोजनालाई बेग्लै पीपीए दर निर्धारण गरेको छ। जसअनुसार, वर्षामा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ र पिकिङ नहुने अवधिका लागि ८.४० रुपैयाँ पीपीए दर तोकेको छ।

नेपाल विद्युत प्राधिकरणलाई बिजुली बेचेर कम्पनीले वार्षिक सात अर्ब रुपैयाँ आम्दानी गर्नेछ। आयोजनाबाट १७ प्रतिशत प्रतिफल प्राप्त हुने अध्ययनले देखाएको छ।

आयोजनाले आउँदो २०८६ असारदेखि बिजुली उत्पादन थाल्ने लक्ष्य लिएको छ। अर्धजलाशय आयोजना ६ घण्टा पिकिङ हुने गरी डिजाइन गरिएको छ। विद्युतगृहमा ६० मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान गरिने भएको छ। सुरुङको लम्बाइ पाँच किलोमिटर रहेको छ भने हेड ५०० मिटर रहेको छ।

आयोजनाले प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले आठ पटक मल््यवृद्धि पाउने छ। सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घण्टा हुनेछ। आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने भएको छ।

आयोजनाको मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा विद्युतगृह प्रस्ताव गरिएको छ। गर्ज म्याग्दीमा हालसम्मकै ठूलो हो। आयोजना म्याग्दीको बेनीबाट २० किलोमिटर टाढा पर्छ। उत्पादन हुने बिजुली विद्युत प्राधिकरणको म्याग्दीको दाना सबस्टेसनमा जोडिनेछ। आयोजनाले १ किलोमिटर लामो प्रसारण लाइन बनाउनुपर्ने हुन्छ।

त्रिवेणी र विशालले लिखु–४ का साथै ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ। दुई आयोजनाको जडित क्षमता १३४ मेगावाट। पछिल्लो समय विशाल र त्रिवेणी ग्रुप जलविद्युतमा लगानी विस्तार गर्न लागेका छन्। ग्रुपको सिमेन्ट, खाद्य तेललगायत उद्योग व्यवसाय सञ्चालन हुँदै आएको छ । यस्तै, विदेशी ब्रान्डका मदिरालगायत अन्य वस्तु आयात गर्दै आएको छ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाश (साउदेखि असोजसम्म) ग्रिनभेन्चर्सले ३० करोड २८ लाख रुपैयाँ खुदनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा २३ करोड ५६ लाख रुपैयाँ खुदनाफा गरेको थियो।

गत वर्ष कम्पनीले ३८ करोड ३६ लाख रुपैयाँ खुदनाफा गरेको थियो। पहिलो त्रैमाशमा कम्पनीले ५७ लाख ६० हजार रुपैयाँ बिजुली बेचेर आम्दानी गरेको छ। कम्पनीको चुक्ता पुँजी तीन अर्ब ४३ करोड ७५ लाख रुपैयाँ छ।

कम्पनीको प्रतिसेयर आम्दानी ८.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.८१ रुपैयाँ भएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

प्रकाशित: २०८२ कार्तिक २८ गते शुक्रबार १०:२८
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना