काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत सर्वोत्तम सिमेन्ट लिमिटेडले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीको शुक्रबारको २३७ औं सञ्चालक समिति बैठले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो।
उद्योगले बोनस शेयर र नगद गरी कूल ९९ करोड ५१ लाख रुपैयाँ लाभांश वितरण गर्न लागेको छ। जसमध्ये ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ नगद र २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ बोनस शेयर वितरण गर्ने कम्पनीले जनाएको छ।
सर्वोत्तमको चुक्ता पुँजी चार अर्ब ९७ करोड ५५ लाख रुपैयाँ छ। कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँ खुदनाफा गरेको थियो। गत वर्ष उद्योगले नौ अर्ब ५५ करोड ५५ करोड रुपैयाँबराबर सिमेन्ट बिक्री गरेको थियो।


