काठमाडौँ। लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८१०८२का लागि लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।
बैठकले सेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। सोमध्ये १० प्रतिशत बोनस सेयर तथा ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारण सभाले अनुमोदन गरी वितरण गरिनेछ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ३३ करोड २३ लाख रुपैयाँ पुगेको छ।


