तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युका बिच प्रदर्शनकारी र एमाले कार्यकर्ताबिच झडप भएको छ भने जेनजी समूहले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।
प्रहरीले सडक खाली गर्न चेतावनी दिएको छ।
बारा: नेकपा एमालेका महासचिव शंकर पोखरेल र युवा इन्चार्ज महेश बस्नेत बाराको परवानीपुरमा हुने प्रदेशस्तरीय भेलामा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत् सिमरा विमानस्थल आउन लागेको सूचना पाएपछि जेनजी समूहहरूले जहाज अवतरण गर्न नदिने भन्दै प्रदर्शन गरेका छन्। काठमाडौंबाट बुद्ध एयरको १०ः३५ को उडानबाट उनीहरू सिमरा आउने खबर पाएपछि जेनजी समूहहरूले प्रदर्शन गरेका हुन् भने प्रदर्शनपछि चढिसकेका यात्रुहरूलाई झारेर जहाज काठमाडौँमै रोकिएको छ।
जेनजी प्रदर्शनीका क्रममा पोखरेल र बस्नेतको स्वागतका लागि विमानस्थलमा आएका केही एमाले कार्यकर्ताबिच झडप समेत भएको छ भने आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको गेट तोडेको छ।