काठमाडौँ: साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) झिनो अंकले घटेको छ। आज नेप्से परिसूचक ४.९८ अकंले घटेर २ हजार ५६१ बिन्दुमा बन्द भएको हो।
आज ८३ लाख ८८ हजार भन्दा बढी कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ७७ करोड भन्दा बढीको कारोबार भएको छ। यसदिन ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ।
आज ८ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै कारोबार बरुण हाइड्रोपावरको भएको छ। उक्त कम्पनीको मात्र २७ करोड भन्दा बढीको कारोबार भएको छ।
प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ०३:१४