२०८३ असोज १८ गते आईतबार

९ वर्ष उत्कृष्ट करदाताको सम्मान पाएको सूर्य नेपाल सूचीबाट कसरी हट्यो?

 |  रेम बिक
Sanket

रेम बिक

काठमाडौँ, मङ्सिर ३
surya_nepal

काठमाडौँ: बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले नेपाली चुरोटको बजारमा एकछत्र राज गरेको छ। वार्षिक २९ अर्ब रूपैयाँभन्दा बढी कारोबार गरेको छ। वार्षिक १० अर्ब लाभांश बाँड्ने बलियो वित्तीय अवस्था छ। पछिल्लो एक दशकको तथ्यांक हेर्दा बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल निरन्तर बढी कर बुझाउने कम्पनीको  सूचीमा पर्दै आएको थियो।

एक दशकको तथ्यांक हेर्दा सूर्य नेपालका साथै सरकार स्वामित्वको नेपाल टेलिकमसहित इन्टरनेट सेवा प्रदायक एनसेल, गोर्खा ब्रुअरी प्रालिलगायत ठूला कम्पनीरू निरन्तर बढी कर बुझाउनेको सूचीमा पर्ने गरेका थिए। तर, एक दशकयता निरन्तर उत्कृष्ट करदाताको रूपमा सम्मानित हुँदै आएको सूर्य नेपाल अघिल्लो वर्षदेखि यो सूचीबाट हटेको छ।

एक दशकयता निरन्तर उत्कृष्ट करदाताको रूपमा सम्मानित हुँदै आएको सूर्य नेपाल अघिल्लो वर्षदेखि यो सूचीबाट हटेको छ। सरकारी नियामक निकाय र पब्लिक/प्राइभेट कम्पनीहरूलाई एकै मापदण्डमा राखेर विभागले सम्मानित गर्दा निजी क्षेत्रलाई सम्मानबाट पाखा लगाइएको बजार विश्लेषण हुन थालेको छ। यद्यपि, विभागले भने यो सवाललाई नकारेको छ।

यसको कारण पछिल्लो समय उत्कृष्ट करदाताको मापदण्डमा भएको परिवर्तन भएको बताउँछन् राजस्व विभागका महानिर्देशक मदन दाहाल। नेपाल क्लिक्ससँग उनले भने, ‘यस अगाडि अन्तःशुल्क, आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) समेत जोडेर करदाताले तिरेको रकमअनुसार यो सूची तयार गरिन्थ्यो। तर, यो पटक आयकरलाई मात्रै आधार बनाउँदा सूर्य नेपाल यो सूचीबाट हटेको हुन सक्छ।’  उनले सरकारी, पब्लिक र प्राइभेट कम्पनी सरोकार नहुने तथा तथ्यांक र मापदण्ड जे देखाउँछ त्यहीअनुसार विभागले सम्मान गर्ने उनले बताए।

२०६९ सालमा तत्कालिन मन्त्रिपरिषद्को निर्णयअनुसारको विधिलाई टेकेर आफूहरूले उत्कृष्ट करदाताको सूची सार्वजनिक गर्दै आएको विभागका निर्देशक बासुदेव पौडेल बताउँछन्। ‘पहिले पहिले करको सम्पूर्ण विधालाई आधार मानेर उत्कृष्ट करदाताको छनोट हुने भए पनि अघिल्लो आर्थिक वर्षदेखि भने यसमा आंशिक परिवर्तन गरिएको छ’ पौडेलले भने।

यता कम्पनीले भने कर दाखिला गरेको तथ्यांक हेर्दा अझैँ पनि सूर्य नेपाल उत्कृष्ट भएको दाबी गरेको छ। सबै विधालाई एकमुष्ट गरी सोही अनुसारको कर दाखिला गरेको तथ्यांकअनुसार सूर्य नेपाल उत्कृष्ट भएको कम्पनीका उपाध्यक्ष रवि केसीले बताए।

१६ उत्कृष्ट करदाता सम्मानितः बैंकिङतर्फ नेपाल इन्भेस्टमेन्ट, व्यक्तिगतमा राजबहादुर शाह

‘नौ वर्षयता हामीले निरन्तर यो विधामा सम्मान पाइरहेका थियौं। तर, पछिल्लो पटक आन्तरिक राजस्व विभागले कसरी हामीलाई आफ्नो मापदण्डमा अटाएन भन्ने कुरा जानकारीमा छैन,’ उपाध्यक्ष केसीले भने, ‘कर दाखिलाको तथ्याङ् हेर्ने हो भने अघिल्ला वर्षको तुलनामा यो पटक अझैँ धेरै योगदान हाम्रो कम्पनीले गरेको छ।’

केसीले आयकरको आधारमा मात्रै हेर्ने हो भने सूर्य नेपाल सबैभन्दा अगाडि रहेको दाबी गरे। ‘प्रत्येक आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हामी अझैँ पनि अरू निकाय वा कम्पनीको तुलनामा अगाडि नै छौँ,’ उनले भने ‘तर मापदण्ड कसरी फेरियो र हामी त्यसमा किन अटाएनौँ, त्यो सरकारलाई नै थाहा होला।’

महत्वपूर्ण नियामक निकाय भए पनि नेपाल दूरसञ्चार प्राधिकरणले विभागबाट उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको यो पहिलो पटक हो। प्राधिकरणको आय यसअगाडि पनि राम्रो रहँदै आएकोमा भुक्तानी रोक्का सम्बन्धि मुद्दाहरू टुंगो लाग्दै जाँदा नेपालकै सबैभन्दा ठूलो करदाता हुन सकेको प्राधिकरणले जनाएको छ।

‘पछिल्लो समय मोबाइल र इन्टरनेट सेवा प्रदायकहरूले समयमै भुक्तानी उपलब्धता गराउनु र रोकिएका भुक्तानीको सन्दर्भमा पनि अदालतले बाटो खोलिदिनु नै प्राधिकरण उत्कृष्ट आय गर्ने निकाय हुनुको कारण हुन्,’ प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौडेलले भने।

प्राधिकरणमा विशेषगरी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको भुक्तानी लामो समयदेखि रोकिएको थियो। लामो सयमदेखि भुक्तानी बेरुजु हुँदा प्राधिकरणको कूल आयमा प्रतिकुल प्रभाव परेको थियो। प्राधिकरणले दूरसञ्चार सम्बन्धि विभिन्न १० वटा क्षेत्रका प्रदायकहरूलाई सञ्चालन अनुमती, कार्यसम्पादन, नियमन, अद्यावधि लगाएत शूल्कमार्फत आय गर्दै आएको छ। मोबाइल, फोन, इन्टरनेटदेखि टेलिकम्यूनिकेशनका सम्पूर्ण विधाहरूको नियमन गर्ने अधिकार प्राधिकरण अन्तर्गत पर्दछ।

एक वर्षमा २९ अर्बको व्यापार
सूर्य नेपालले झन्डै २९ अर्ब रूपैयाँको व्यापार गरेको छ। गत वर्ष सन् २०२४ मा उद्योगले २८ अर्ब ८१ करोड ८० लाख रूपैयाँको विभिन्न ब्रान्डको चुरोट व्यापार गरेको थियो।

सन् २०२३ मा २८ अर्ब ९९ करोड, २०२२ मा २७ अर्ब, २०२१ मा उद्योगले २४ अर्ब ४९ करोड रूपैयाँको चुरोट व्यापार गरेको थियो। यस्तै २०२० मा उद्योगको चुरोट व्यापार २४ अर्ब ४७ करोड, २०१९ मा २५ अर्ब १३ करोड ७० लाख र २०१८ मा २४ अर्ब २२ करोड रूपैयाँको व्यापार गरेको थियो।

झन्डै २९ अर्ब रूपैयाँको चुरोट कारोबार गरेको सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। पछिल्ला दुई वर्षदेखि सूर्य नेपालले लाभांश घोषणा सार्वजनिक गरेको छैन् । २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रूपैयाँ लाभांश घोषणा गरेको थियो। २०२१ मा ९ अर्ब ४१ करोड रूपैयाँ लाभांश दिएको थियो। २०२० मा उद्योगले ९ अर्ब ८५ करोड र २०१९ मा ९ अर्ब १३ करोड रूपैयाँ सेयरधनीलाई लाभांश दिएको थियो।

उद्योग ३५ वर्षभन्दा बढी समयदेखि नेपालमा चुरोट उत्पादनको व्यवसायमा छ। उद्योगले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, सूर्य फ्युजन, सूर्य स्लिक बोल्ट, शिखर फिल्टर किंग्स, शिखर आइस जस्ता विभिन्न सफल ब्रान्डहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। यस्तै उद्योगले नौलो, खुकुरी फिल्टर, पाइलट फिःटर, बिजुली र चौतारी जस्ता कमजोर ब्राण्डको चुरोट पनि उत्पादन गर्दै आएको छ।

उद्योगको बजारमा उल्लेखनीय हिस्सा र विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति रहेको छ । नेपालको अग्रणी कम्पनीहरू मध्ये एक सूर्य नेपालको मुलुकभर फराकिलो वितरण सञ्जाल छ जसमा नेपालभरि फैलिएका आफ्ना उत्पादनहरूका लागि गोदामहरू छन् । उद्योगको अगरबत्ती पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीमार्फत र ब्रान्डेड प्याकेज गरिएका खाद्य उत्पादनहरूमा उद्योग संलग्न छ।

सन् १९८६ मा स्थापना भएको सूर्य नेपालले चुरोट उत्पादन थालेको ३५ वर्ष भइसकेको छ। सूर्य नेपालमा आईटीसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। १० प्रतिशत पूर्वराजा ज्ञानेन्द्र शाह र ६ प्रतिशत सिद्धार्थ राणा र २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।

राजस्व संकलनमा भने छैन उत्साह
विभागले करदाताहरूलाई हौसला प्रदान गर्ने गरी वर्षेनि विशेष सम्मान गर्दै आएको छ। यद्यपि, पछिल्लो आर्थिक वर्षमा भने लक्ष्य अनुसारको राजस्व संकलनमा विभाग कमजोर देखिएको छ। चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको ७७.४९ प्रतिशतमात्र राजस्व संकलन भएको विभागको तथ्याङ्कले देखाउँछ।

अर्थ मन्त्रालयका अनुसार साउनदेखि कात्तिकसम्म ४ खर्ब २५ अर्ब २३ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कूल ३ खर्ब २९ अर्ब ६१ करोड रूपैयाँ राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ।
‘राजस्व संकलनमा गिरावट आउनुमा धेरै कारणहरू छन्।

समग्र अर्थतन्त्रनै बिग्रेको स्थितीमा राजस्वमा त्यसको प्रभाव देखिन्छ नै’ विभागका महानिर्देशक दाहालले भने, ‘बजार सुध्रिएसँगै राजस्व संकलनको लक्ष्य पूरा हुने विश्वास छ।’ घरजग्गाको कारोबार रोकिनु, शेयर बजारमा गिरावट आउनु र बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहनु नै राजस्वमा कमी आउनुका मूख्य कारणहरू रहेको उनले बताउछन्।

सरकारले अघिल्लो बिहीबारदेखि लागू हुने गरि जग्गाको कित्ताकाट खुला गरेसँगै आयकरमा वृद्धि हुने विभागको अनुमान छ।

प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ०४:५२
प्रतिक्रिया

थप समाचार

आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय र इनोभेसन सेन्टरको प्रमुखमा खनाल नियुक्त

काठमाडौँ: नेपाली दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त...

अर्थमन्त्री वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेट गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन्। उनलाई वासिङ्टन डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत...

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१...

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा

काठमाडौँ: नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई सशक्त बनाउन...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना