काठमाडौँ: । गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गायक तथा संगीतकार धनराज बहादुर (बाबुल) गिरी धरौटीमा छुटेका छन्। काठमाडौँ जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी लिएर उनलाई रिहा गर्न आदेश गरेसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन्।
अनामनगरस्थित एक स्टुडियोमा कात्तिक १ गते आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेकी पौडेलको ६ दिनपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भइको थियो।
बाबुल र नीतु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए। तर पछिल्लो समय विवाह गर्ने विषयमा दुईबिच विवाद हुँदै आएको थियो। यसैक्रममा नीतुले आत्मदाहको प्रयास गरेकी थिइन् भने उनलाई बचाउने क्रममा बाबुल पनि सामान्य घाइते भएका थिए।


