काठमाण्डौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन्।
इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेकले बोर्डमा आवेदन पेस गरेका हुन्। इलेक्ट्रो पावर कम्पनीले ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशनको अनुमति मागेको छ। सेबोनको स्वीकृति पाएपछि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ निष्काशन गर्नेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
त्यस्तै, एनसी एग्रो टेकले १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै कात्तिक २४ गते आवेदन दिएको छ। यस कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
यी आवेदनसँगै बोर्डमा आईपीओको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८३ पुगेको छ।


