काठमाडौँ: आईआईएमएस कलेजले नक्साल भगवतीवहालस्थित आफ्नो नयाँ भवनबाट औपचारिक रुपमा पठनपाठन शुरु गरेको छ।
१५ वर्षदेखि सञ्चालनमा रहेको कलेजले मलेशियाको ‘टेलर्स यूनिभर्सिटी’सँगको सहकार्यमा अझै अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम विद्यार्थीहरुलाई उपलब्ध गराउने भएको छ।
आईआईएमएस कलेजले नयाँ भवन, नयाँ पाठ्यक्रम र नयाँ सहकार्यलाई लिएर दोस्रो सँस्करणको शुरुवात भनेको छ। उसले यसलाई ‘आईआईएमएस २.०’ नाम दिएको छ। आईआईएमएस ग्रुपले कलेज सञ्चालन गर्दैै आएको छ।
शुक्रबार विशेष समारोहबीच टेलर्स यूनिभर्सिटीका प्रोफेसर बेरी विनले रिबन काटेर ‘आईआईएमएस २.०’को उद्घाटन गरेका छन्। ‘आईआईएमएस कलेजसँगको सहकार्यले हामीलाई अझै विस्तारित बनाएको छ। नेपालका भावी विश्व नागरिकहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन हामी विश्वस्त छौं’ उनले भने।

त्यस्तै उद्घाटनको क्रममा आईआईएमएस ग्रुपका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जनले कलेजको भवनमात्र नयाँ नभई नेपालमै विश्वस्तरिय शिक्षाको उपलब्धता गराउने बताए। ‘यो नेपालको भविष्यप्रति गरिएको प्रतिबद्धता हो’ उनले भने ‘कलेजमा विद्यार्थीहरुले विदेश जानै नगर्ने गरी विश्वस्तरिय शिक्षा प्राप्त गर्न सक्छन्।’
कार्यक्रममा टेलर्स यूनिभर्सिटीको तर्फबाट भाइस चान्सलर एंगी सोक पिंग, कार्यकारी डिन प्रोफेसर निथाइनाथन एरी राघवन र अर्का डिन प्रोफेसर चोङ सियोङ चोयको सहभागिता थियो।
आईआईएमएसले टेलर्स यूनिभर्सिटीसँगैको सहकार्यमा आइटी, एआई, हस्पिटालिटी र बिजनेश म्यानेजमेन्ट सम्बन्धि कक्षाहरु विद्यार्थीहरुलाई उपलब्ध गराएको छ।
उसले स्मार्ट कक्षा, डिजिटल शिक्षण क्षेत्र, ल्याबहरु, नवप्रवर्तन केन्द्र, रुफटप लर्निङ टेरेस, टेलर्स क्याफे र आरण्य बुटिक होटल जस्ता अनुभूति आधारित सिकाई क्षेत्रसमेत विद्यार्थीहरुको लागि समेटेको जनाएको छ।


