२०८३ कार्तिक २४ गते सोमबार

८ महिनामा ३० हजार प्रति बिकेको ‘नीलो प्रेम’का लेखक भन्छन्: यसको ‘सिक्वेल’ आउँदैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १४
IMG_20251129_135815672

काठमाडौँ: ‘बेस्ट सेलर’ उपन्यास ‘नीलो प्रेम’ माथि किताब संवाद तथा लेखक–पाठक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रकाशनको ८ महिनामै ३० हजार बढी प्रति बिक्री भएको यस उपन्यासमाथि लेखक पुरुषोत्तम बजगाईँसँग लेखक तथा पत्रकार दीपक सापकोटाले संवाद गरेका हुन्।

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा आयाजित कार्यक्रममा युवा पाठकहरूको उल्लेख्य उपस्थिति थियो। प्रेम, मित्रता, परिवारिक सम्बन्ध र युवावस्थाको मानसिक द्वन्द्वलाई सरल, तर संवेदनशील ढङ्गले प्रस्तुत गरिएको ‘नीलो प्रेम’ का विषयमा पत्रकार सापकोटाले नीलो प्रेमको अर्थ, युवा पुस्ताबिचको प्रेम सम्बन्ध, समाजप्रति तिनको दृष्टिकोण, जेन–जी पुस्ताको पुस्तकप्रतिको आकर्षण, प्रेम आख्यानमाथिको विषयगत रुचि, पारिवारिक सम्बन्ध, जीवनका कठिन मोडलगायत विषयमा प्रश्न र विमर्श गरेका थिए। लेखक पुरुषोत्तमसँग विशेषगरी किशोर–किशोरीबीचको प्रेम सम्बन्ध र जीवनका उतारचढावका विषयमा सापकोटाले चासो राखेका थिए।

जवाफमा लेखक बजगाईंले युवाअवस्थाको मनोविज्ञानलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए। प्रेम, मित्रता, परिवार, आत्मपहिचान र समाज किशोरावस्थाका अत्यन्त संवेदनशील विषय भएकाले पुस्तकमा ती विषय समेट्ने प्रयास गरेको बताएका थिए। ‘कथाको विषयवस्तु नीलो आकाशझैँ विशाल र सागरझैँ हार्दिकताको गहिराइको चरणमा हुने अनन्त आदर्श प्रेमको हो। यसैले पुस्तकको शीर्षक पनि सान्दर्भीक छ। पुस्तकेको नीलो रंगले यही द्वन्द्व, गहिराइ र एक्लोपनलाई प्रतीकात्मक रूपमा बोकेको छ,’ लेखकले भने, ‘उपन्यास लेख्दा मैले युवावस्थाको यही मनोविज्ञानलाई नजिकबाट बुझ्ने प्रयास गरेको थिएँ।’

आजका युवाहरूको प्रेम सम्बन्धमाथिे समाजमा भ्रम र पूर्वाग्रह रहेकोमा आफू उनीहरूको भावनालाई दोष दिने हेइन, तिनलाई बुझ्ने पक्षमै रहेको लेखकको भनाइ थियो। ‘प्रेम कहिले कठोर, कहिले कोमल रूपमा संसार बुझ्ने विशिष्ट माध्यम हो’, बजगाईंले भने।

पत्रकार सापकोटाको ‘पुस्तक बहुचर्चित भएपछि अब यसलाई दृष्यमा पनि देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा लेखक बजगाईंले ‘त्यो सम्भावना नरहेको’ बताए। ‘नीलो प्रेम’ लाई फिल्म बनाउने वा नाट्य रूपान्तरण गर्नेभन्दा पनि किताबकै रुपमा सीमित राख्ने आफ्नो चाहना भएको लेखकले बताए। कथाको अन्त्य ‘ओपन इन्डिङ’ भएको प्रशंगमाथि विमर्श गर्दै सापकोटाको ‘पुस्तकको सिक्वेल सम्भावना छ ?’ भन्ने प्रश्नमा लेखक बजगाईंले ‘त्यो सम्भावना नरहेको’ बताए।

समीक्षकका अनुसार, प्रेमकथामा आधारित भए पनि ‘नीलो प्रेम’ उपन्यासले सामाजिक, सांस्कृतिक र आर्थिक आयामलाई पनि निकै सूक्ष्म रूपमा उतारेको छ। आदर्श प्रेमको पक्षलाई जीवन्त बनाएको यो किताब सबै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको इन्डिगो इन्कका अध्यक्ष विष्णुकुमार पौडेलले बताए।

‘नीलो प्रेम’ बजगाईँको यो पहिलो किताब हो। पहिलो किताबबाटै विक्रीमा नयाँ रेकर्ड बनाएको यो उपन्यास विशेषतः युवापुस्तामाझ लोकप्रिय छ। टिकटकसहितका सामाजिक सञ्जालमा पुस्तकका भावनात्मक अंशहरू पढेर नाच्दै, हाँस्दै, रुँदै र भावुक बनेका पाठकका भिडिओहरू भाइरल भइरहेका छन्।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको ‘नीलो प्रेम’ को मूल्य ७९९ रुपैयाँ रहेको छ।

प्रकाशित: २०८२ मङ्सिर १४ गते आईतबार ११:४५
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना