काठमाडौँ: नेपाल राष्ट्र बैंकले सेयर तथा डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाहरूले गर्ने लगानीसम्बन्धी दुई महत्वपूर्ण नियम खारेज गर्दै नयाँ व्यवस्था लागू गरेको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जामा लागू भएको एकल ग्राहक कर्जा सीमा हटाएको छ।
यससँगै, सूचीकृत कम्पनीका सेयर तथा डिबेञ्चरमा बैंकले एक वर्षभन्दा लामो अवधिको लागि मात्र लगानी गर्नुपर्ने व्यवस्था पनि परिमार्जन गरी ६ महिना कायम गरिएको छ।
यस्तै, सेयर खरिद गरेको एक वर्षपछि मात्र त्यस लगानीको एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न अनुमति दिने व्यवस्था पनि खारेज गरिएको छ।


