काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
अर्थ मन्त्रालयमा कम्पनीका अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक श्री कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा उक्त रकम योगदान गरेको हो। कोषमा हालसम्म ११ करोड ८२ लाख रुपैयाँ जम्मा भएको मन्त्रालयका प्रवत्ता टंकप्रसाद पाण्डेले जानकारी दिए।


