२०८३ असोज २३ गते शुक्रबार

वायुसेवा निगमले लिएको ऋणको ब्याज मिनाह गर्न तयार होलान् सञ्चय कोष र नागरिक लगानी कोष?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २०
nac

काठमाडौं। नेपाल वायुसेवा निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र दायित्व एकिनका विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीसँग छलफल सुरु गरेको छ।

पछिल्लो समय ऋणको आकार बढ्दै गएको अवस्थालाई व्यवस्थापनका लागि स्पष्ट योजना तयार गर्न निगमले छलफल सुरु गरेको हो। दुवै पक्षबीच लामो समयदेखिको सम्वादहिनतालाई तोड्दै निगमका उच्च पदाधिकारीको टोलीले दुवै कोषका शीर्ष अधिकारीसँग विस्तृत रूपमा छलफल गरेको निगमले जनाएको छ।

निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको नेतृत्वमा गएको टोलीले विशेषगरी निगमले तिर्नुपर्ने कुल ऋण रकम स्पष्ट नभएको, दुई पक्षबीच तथ्यमा एकरूपता नदेखिएको लगायत विषय उठाएको थियो।

छलफलका क्रममा ऋण रकम निरन्तर बढ्दै गएकाले बक्यौता रकमको वास्तविकता मिलाएर एकरूप अभिलेख बनाउने, ब्याज मिनाहा वा छुटका सम्भावित विकल्प एकिन गर्ने, तथा ऋण तिर्ने तालिका पुनःसमायोजन गर्ने जस्ता विषयमा गम्भीर बहस भएको कार्यकारी सञ्चालक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, निगमको वास्तविक भुक्तानी क्षमता र दुवै कोषको आन्तरिक नीति मिलाएर व्यावहारिक समाधान निकाल्ने साझा इच्छा छलफलमा देखिएको छ।

वायुसेवा निगमलाई निजीकरण गरेर जोगाउने कि यत्तिकै सिध्याउने?

हालको छलफललाई ‘उपलब्धिमूलक र सकारात्मक सुरुवात’ भन्दै दुवै ऋणदाता र ऋणी संस्थाबीचको अविश्वास घटाउने, तथ्य–दस्तावेज मिलाउने तथा सहमतिको आधार निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा कार्यकारी सञ्चालक श्रेष्ठले उल्लेख गर्नुभयो।

निगमले आगामी दिनमा पनि दुवै निकायसँग निरन्तर गहन छलफल गरेर समाधान निकाल्ने योजना बनाएको छ।

ऋण दायित्व ५० अर्ब बढी

निगमले साख निरन्तर गुमाइरहेको छ भने ऋण दायित्व बढेर ५० अर्ब रुपैयाँ पुगेको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट विमान खरिद गर्न लिएको ३० अर्ब रुपैयाँ ऋण तिर्न सकेको छैन।

विमान अभाव र कर्मचारीहरूको बदमासीले अन्तर्राष्ट्रिय बजारमा निगमको साख गुम्दै गएको छ। समय समयमा कर्मचारीहरूको मिलेमतोमा प्राविधिक समस्या देखाएर विमानहरू ग्राउन्डेड गरिँदै आएको छ।

वायुसेवामा चरम वेथिती,आफ्नो इन्जिन राखेर भाडाको चलाएपछि प्रधानमन्त्रीले लिइन एक्सन

निगमको मुख्य स्रोत भनेको जहाज सञ्चालनबाट भन्दा विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ नै हो। वर्षको दुई अर्ब रुपैयाँभन्दा बढी आम्दानी ग्राउन्ड ह्यान्डलिङबाट हुने गरेको छ।

नयाँ जहाज किन्न निगमले प्रक्रिया अघि बढाए पनि पुरानो ऋण चुक्ता नगरेको भन्दै सञ्चय कोष र नागरिक लगानी कोषले ऋण दिन अस्वीकार गरेपछि प्रक्रिया अघि बढेको छैन।

सबैभन्दा बढी घाटामा वायुसेवा निगम

गत आर्थिक वर्ष २०८०/०८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्नेमा नेपाल वायुसेवा निगम रहेको सरकारी तथ्यांकले देखाएको छ। सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार निगम ०८०/०८१ मा १६ अर्ब ६८ करोड सात लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ।

यस्तै, निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवा–ब्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयनजस्ता कारणले निरन्तर घाटा बढ्दै गएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक समीक्षामा उल्लेख छ।

गत वर्ष निगमको नोक्सान एक अर्ब चार करोड रुपैयाँ थपिएको अर्थले जनाएको छ। यसबीचमा निगमको खुद सम्पत्ति पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ। निगमसँग भएका चार जहाज पनि प्रभावकारी रूपमा चल्न सकेका छैनन्। जहाज उडाएर निगमले खर्च धान्न सक्ने अवस्था अहिले छैन।

 

प्रकाशित: २०८२ मङ्सिर २० गते शनिवार ०७:४९
प्रतिक्रिया

थप समाचार

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता...

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ: एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट तथा ‘बाइ वान गेट वान’ सुविधा पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई...

‘पल्सर आरपीएम बुटवल’ सम्पन्न, २५ सय युवा सहभागी

बुटवलमा युवापुस्ताको ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको पल्सर आरपीएम  सम्पन्न भएको छ। बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजित कार्यक्रममा...

अनरको दशैं, तिहार, छठलक्षित उपहार योजना, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर

काठमाडौँ: स्मार्टफोन ब्रान्ड अनरले दशैं, तिहार र छठको अवसर पारेर ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियान सार्वजनिक गरेको छ। ४ अक्टोबरदेखि १५ नोभेम्बर  २०२६ सम्म सञ्चालन हुने अभियानमा...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना