२०८३ कार्तिक १५ गते शनिवार

डिश होम ‘एआई खुशी’ सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २२
khusiAI

काठमाडौँ: पछिल्लो समय निरन्तर प्रविधि आधारित नवप्रवर्तन गर्दै आएको डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले दुईतर्फी भ्वाइस एआई ‘खुशी’ सार्वजनिक गरेको छ। यसमा निष्क्रिय ग्राहकलाई नेपाली भाषामा मानव–जस्तै आवाजमा निरन्तर संवादमार्फत पुनःनवीकरणका लागि सम्पर्क गर्ने, सम्बन्धित अफरहरू प्रस्तुत गर्ने तथा कुराकानीको क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी ग्राहक सेवा केन्द्र समुह सम्म पुर्‍याउने सेवा उपलब्ध हुनेछ।

साथै, कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया (सेंटिमेन्ट एनालाइसिस) विश्लेषण गरी प्रतिवेदन तयारी गर्ने क्षमता समेत एआईमा उपलब्ध हुनेछ। यसबाहेक, समय–समयमा नेटवर्कमा प्राविधिक समस्याले गर्दा सेवा अवरुद्ध हुने अवस्थाहरूमा एआई प्रणाली डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले ग्राहक सेवा केन्द्रमा कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय, तथा प्रगति विवरण प्रदान गर्न सक्षम हुनेछ। यसले ठूलो परिमाणमा कल आउने अवस्थाहरूमा ग्राहकलाई तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराई ग्राहक सेवालाई थप प्रभावकारी बनाउने विश्वास कम्पनीको छ।

ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसमार्फत डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा प्राप्त गर्दै आएका छन्।

त्यसपछि, डिशहोमले नेपाल प्रिमियर लिग २०२५ लाई आफ्नै डिशहोम गो नामक ओटीटी प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरी उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शकलाई एकै पटक खेल देखाउन सफल भई नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा ऐतिहासिक कदम चाल्यो। हाल एनपीएल चलिरहेको नै छ।

भोइस–एआई प्रविधिमा डिशहोमको ठूलो कदम
डिशहोमले स्थानीय सन्दर्भ र उपयोगितालाई आधार मानेर एआई सेवा विकास तथा विस्तार गर्ने स्पष्ट रणनीति अपनाएको छ, र यही उद्देश्यका लागि डिशहोमले आफ्नो रणनितिका साझेदारसंग सहकार्य गरेको छ।

डिशहोमका लागि एआई को प्रयोगक्षेत्रमा विशेष रूपमा सेवा निष्क्रिय भएका ग्राहकलाई नेपाली भाषामा मानव–जस्तै आवाजमा निरन्तर संवादमार्फत पुनःनवीकरणका लागि सम्पर्क गर्ने, सम्बन्धित अफरहरू प्रस्तुत गर्ने तथा कुराकानीको क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी ग्राहक सेवा केन्द्र समुह सम्म पु¥याउने समावेश हुनेछ। साथै, कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया (सेंटिमेन्ट एनालाइसिस) विश्लेषण गरी प्रतिवेदन तयारी गर्ने क्षमता समेत एआईमा उपलब्ध हुनेछ।

यसबाहेक, समय–समयमा नेटवर्कमा प्राविधिक समस्याले गर्दा सेवा अवरुद्ध हुने अवस्थाहरूमा एआई प्रणाली डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले ग्राहक सेवा केन्द्रमा कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय, तथा प्रगति विवरण प्रदान गर्न सक्षम हुनेछ। यसले ठूलो परिमाणमा कल आउने अवस्थाहरूमा ग्राहकलाई तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराई ग्राहक सेवालाई थप प्रभावकारी बनाउनेछ।

भविष्यका विस्तारित योजना
आगामी चरणमा डिशहोमले ‘खुशी’ लाई ग्राहक पहिचान विवरण प्रमाणीकरण गर्ने, सही विवरण सङ्कलन गरी स्वचालित रूपमा ग्राहक डेटाबेसमा अद्यावधिक गर्ने सुविधा सुरु गर्नेछ।

जडान तथा प्राविधिक मर्मतसम्बन्धी समय व्यवस्थापनमा पनि खुशीको प्रयोग गरिनेछ, जसअन्तर्गत खुशीले ग्राहकसँग सम्पर्क गरी उपयुक्त समय माग्ने, व्यस्ततालाई ध्यानमा राख्दै समय पुनःसमायोजन गर्ने तथा सेवा गुणस्तरलाई सधैं समान र समयबद्ध बनाइ राख्नेछ, जसले ग्राहक अनुभवमा महत्वपूर्ण सुधार ल्याउनेछ। फेसबुक मेसेन्जर र वेबच्याटमार्फत प्रदान हुँदै आएको सामान्य जानकारीका लागि प्रयोग हुने च्याटबोटमा समेत ‘खुशी’ एकीकृत गरिँदैछ, जसलाई आगामी चरणमा व्हाट्सएप र भाइबरमा विस्तार गरिने योजना छ।

‘खुशी’ को प्रभावकारी उपयोग नेपाली भाषामा आधारित संवादात्मक एआई प्रणालीको स्तर, दायरा र सुधारमा निर्भर छ भन्ने कुरालाई आत्मसाथ गरी एआई प्रविधिको प्रगति र व्यवसायिक प्रयोगलाई सुदृढ बनाउन डिशहोमले अन्तर्राष्ट्रिय एआई अनुसन्धान तथा विकास संस्थासँग सहकार्य गर्दै नेपाली भाषाको संवाद क्षमता अभिवृद्धिका लागि दीर्घकालीन परियोजनामा सहाकार्यका लागी तयारी गर्दैछ। डिशहोमले विगतदेखि वर्तमानसम्म सञ्चालित आफ्नो विशाल डेटाबेसलाई परिक्षणको क्रममा अनुसन्धान तथा प्रशिक्षणका लागि उपलब्ध गराउन सकिने’, डिशहोमका प्रवक्ताले बताउनु भएको छ।

डिशहोमले नेपालमा एआई प्रविधिको व्यावसायिक उपयोगमा नयाँ मापदण्ड स्थापित गर्नेछ। ‘खुशी’ को आगमनसँगै डिशहोमले ग्राहक सेवामा अधिक डिजिटल, छरितो, मानवीय–शैलीअनुकूल एआईमा आधारित प्रविधिको विकाशको दिशामा दृढतापूर्वक अघि बढेको छ।

प्रकाशित: २०८२ मङ्सिर २२ गते सोमबार ०१:२१
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना