काठमाडौँ: नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्। न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले उनीविरुद्ध कारबाहीका लागि दिइएको निवेदनमा मागदाबी नपुग्ने भन्दै सफाइको फैसला गरेको हो।
२०८१ असोज ११ गते तत्कालिन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको न्याय परिषद्ले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि घिमिरेले प्रश्न उठाएका थिए। उनले ‘लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको’ भन्दै टिप्पणी गरेका थिए।
घिमिरेको उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेले उनीविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए।


