पोखरा- गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अझसम्म पनि सवारी सुविधा फिर्ता नगरेको पाइएको छ। नेपालीपछि दुई जना मुख्यमन्त्री बनिसक्दा पनि तत्कालीन मुख्यमन्त्रीले अझसम्म पनि सवारी फिर्ता नगरेका हुन्।
मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको (ग १ झ ६०१) सवारी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीले जानकारी दिएको छ।
‘पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि सवारी र चालक फिर्ता गरेका गर्नु भएको छैन,’ मुख्यमन्त्री कार्यालयका स्टोर प्रमुख तोयनाथ आचार्यले भने।
गाडी फिर्ता गर्नका लागि पटकपटक आग्रह गर्दा पनि नेपालीले फिर्ता नगरेको उनको भनाइ छ। यद्यपि सवारी र चालक फिर्ता गर्नका लागि मुख्यमन्त्री कार्यालयले नेपालीलाई पत्र भने नलेखेको आचार्यको भनाइ छ।
चालकलाई मुख्यमन्त्री कार्यालयबाटै सेवासुविधा प्रदान गर्दै आएको छ। पोखरेल गएको पुस २५ गते पदमुक्त भएका थिए।


