२०८३ असोज २८ गते बुधबार

दूधकोशी–२ आयोजनाको क्षमता बढेर पुग्यो ९६ मेगावाट, लागत पनि थपियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २८
dudhkoshi_hydro

काठमाडौँ। निजी लगानीमा निर्माण सुरु भएको दूधकोशी–२ अर्धजलासय जलविद्युत आयोजनाको क्षमता बढेर ९५.७ मेगावाट पुगेको छ। यसअघि ७० मेगावाटमा आयोजना डिजाइन गरिएको थियो।

दुधकोसी नदीमा पानीको वहाव पहिला अध्ययन गरेको भन्दा बढी देखिएपछि आयोजनाको क्षमता बढेको हो। यसअघि दूधकोसीमा पानीको वहाव प्रतिसेकेन्ड ६२ घनमिटरका आधारमा आयोजनाको डिजाइन ७० मेगावाट गरिएको थियो।

पछिल्लो अध्ययनले पानीको बहाव प्रतिसेकेन्ड साढे ८३ घनमिटर आएपछि आयोजनाको जडित क्षमता बढेको आयोजना विकासकर्ता दूधकोशी हाइड्रोपावर नेपाल प्रालिका अध्यक्ष कदम केसीले बताए। जडित क्षमता बढाउनका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको उनले जनाएका दिए।

विभागको स्वीकृतिपछि नेपाल विद्युत प्राधिकरणसँग थप २५.७ मेगावाट विद्युत खरिद सम्झौता (पीपीए) हुने उनले सुनाए। यस्तै जडित क्षमता वृद्धिसँगै आयोजनाको लाग पनि बढेर २० अर्ब रुपैयाँ पुग्ने अध्यक्ष केसीले बताए। यसअघि आयोजनाको लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। आयोजनामा संस्थापकले स्वपुँजी (इक्विटी) र बैंकले पनि ऋण थप्नु पर्ने भएको छ।

आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा एभरेष्ट बैंक र सानिमा बैंकले आयोजनामा साढे १० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छन्। आयोजनामा बैंकहरुले थप लगानी गर्ने भएका छन्।
आयोजना बनाउन नसकेपछि भारतीय कम्पनी आफ्नो स्वामित्व नेपालीलाई बिक्री गरेर आयोजनाबाट बाहिरिएको छ।

आयोजनाको कुल अनुमानित लागतको ७० इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ। जसअनुसार १० अर्ब ५० करोड रुपैयाँ बैंकको ऋण र बाँकी साढे चार अर्ब रुपैयाँ संस्थापकहरूको स्वपुँजी लगानी हुने गरी ऋण सम्झौता भएको छ। काम सुरु गरेको चार वर्षमा सम्पन्न हुने कम्पनीका अध्यक्ष केसीले जानकारी दिए।

विद्युत प्राधिकरणसँग २०२१ नोभेम्बरमा आयोजनाबाट उत्पादन हुने बिजुली पीपीए भएको थियो। वर्षायाममा (जुनदेखि नोभेम्बर) सम्म प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खा मौसममा (डिसेम्बरदेखि मे महिना) सम्म ८.४० रुपैयाँ रहेको छ।

आयोजनाबाट वार्षिक ४१ करोड ७४ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। क्षमता बढेकाले ऊर्जा उत्पादन पनि थपिने भएको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ४३ लाख रुपैयाँ छ। आयोजनाको प्रतिफल १३.९७ प्रतिशत रहेको छ। इक्विटीमा प्रतिफल २१ प्रतिशत रहेको छ। आयोजनाले १२ वर्षमा ऋण चुक्ता गर्ने भएको छ। कम्पनीले बिजुली बेचेर औसत ५.९६ रुपैयाँ पाउने भएको छ।

परियोजनाबाट उत्पादित बिजुली १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत पहिले नै सञ्चालनमा रहेको विद्युत प्राधिकरणको टिङ्ला सबस्टेशनमा जोड्ने प्रस्ताव गरिएको छ। ३५ मेगावाट क्षमताका दुई टवाईन जडान हुने भएको कम्पनीले जनाएको छ।

दूधकोशी–२ लाई जुट्यो लगानी, लक्ष्मी सनराइज बैंकको अगुवाईमा साढे १० अर्ब ऋण

दूधकोशी हाइड्रोपावर सन् २०१३ अक्टुबरमा स्थापना भएको हो। आयोजनाको डिजाइन डिस्चार्ज ६२.३० प्रतिसकेन्ड रहेको छ। क्यू ४० मा आयोजना डिजाइन गरिएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत उत्पादनको लागि विद्युत विकास विभागबाट २०७७ असोजमा इजाजतपत्र (लाइसेन्स) पाएको थियो।

यसअघि आयोजना सोलुखुम्बुमा थुलुङ दूधकोशीमा बाँध बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युतगृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो।

यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत पुर्याउने योजना थियो। अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्याखर्कमा निर्माण हुने विद्युतगृहमा पुर्याइने भएको छ। जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ। अब फेरी बढेर ९६ मेगावाट पुग्नेछ।

आयोजनाको नेतृत्व कदम केसीले गरेका छन्। यस्तै सञ्चालकहरुमा अभिज्ञा मल्ल, विक्रम गौतम, अरुण अग्रवाल, किरण मल्ल र हिमाल भट्टराई रहेका छन्। प्रमुख संस्थागत लगानीकर्ताहरूमा आयु मालुन हाइड्रोपावर लिमिटेड, टिम भेन्चर, सारथी इक्विटी फन्ड रहेका छन्।

प्रकाशित: २०८२ मङ्सिर २८ गते आईतबार ०१:०५
प्रतिक्रिया

थप समाचार

दसैं नजिकिएसँगै भृकुटीमण्डप खसी बजारमा चहलपहल, धमाधम भित्रिँदै खसी, बोका र च्यांग्रा (तस्विरहरू)

काठमाडौं। दसैं नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खसी बजारमा चहलपहल बढ्न थालेको छ। दसैंका लागि खसी, बोका र च्यांग्रा खरिदबिक्री गर्ने तयारीसँगै बजारमा पशुचौपाया भित्रिने क्रम तीव्र...

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको...

फोनपे अनर्सको पहिलो संस्करण सम्पन्न, २५ विधामा उत्कृष्ट साझेदार सम्मानित

काठमाडौँ: नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले डिजिटल भुक्तानी इकोसिस्टममा उत्कृष्ट योगदान पुर्‍याउने बैंक तथा वित्तीय संस्था, व्यवसाय र प्रविधि साझेदारलाई सम्मान गरेको छ। कम्पनीले...

बाढीपीडितलाई सामसङको मर्मत र नयाँ सामान फेर्दा लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट

काठमाडौँ: सामसङ नेपालले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई मोबाइल फोन तथा घरायसी विद्युतीय उपकरणको मर्मत र नयाँ सामान फेर्न लाग्ने खर्चमा शतप्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले बाढीपीडितलाई...

एक्स्ट्रिम म्युजिक सिरिज सुरु, हरेक दुई सातामा नयाँ गीत सार्वजनिक हुने

काठमाडौँ: नेपाली सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका कलाकार र मौलिक सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु भएको छ। 'नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !' नारासहित एक्स्ट्रिम...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना