२०८३ कार्तिक २४ गते सोमबार

प्रभावकारी छैन बेरुजु लेखाङ्‌कन, थन्किए महालेखाका प्रतिवेदन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २९
berju

काठमाडौँ: गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमसँगै संसद् विघटन भएपछि संसद्का अधिकांश नियमित कामकाज ठप्प छन्। प्रतिनिधिसभा मातहतका समिति निष्क्रियजस्तै बनेका छन्। यसका कारण सार्वजनिक लेखासमितिमा महालेखापरीक्षकको ६०औँ प्रतिवेदनयताका तीनवटा वार्षिक प्रतिवेदनमाथि संसदीय छलफल हुन सकेको छैन। सरकारका खातामा देखिएका अनियमितता, दोहोरिएका कमजोरी र असुल उपर गर्नुपर्ने बेरुजु संसद्को कोठामै थन्किएका छन्।

महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईका अनुसार असुल उपर गर्नुपर्ने बेरुजु फर्छ्यौटका लागि काम भइरहेको भए पनि प्रतिवेदनको संसदीय प्रक्रिया पूरा हुन सकेको छैन। उनका अनुसार बेरुजु फर्छ्यौटको काम त भइरहेको छ, तर सार्वजनिक लेखा समितिलाई नियमित जानकारी गराएर अघि बढ्नुपर्ने प्रक्रिया पूरा हुन सकेको छैन। अघिल्ला प्रतिवेदनमाथिको छलफल टुंगोमा नपुगेकाले नयाँ प्रतिवेदनमा पुरानै बेरुजु दोहोर्‍याएर उल्लेख गर्नुपर्ने बाध्यता रहेको उनले बताए। ६०औँ प्रतिवेदनपछि समितिमा छलफल हुन नसक्दा सरकार र मातहतका कार्यालयको बेरुजु घट्नुको साटो थपिँदै जाने अवस्था आएको उनको भनाइ छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४० ले बेरुजु फर्छ्यौटका विषयमा स्पष्ट कार्यविधि तोकेको छ। असुल गर्नुपर्ने बेरुजु असुल भई प्रमाण पेस भएको, पेश्की फर्छ्यौट भएको वा आवश्यक कागजात प्राप्त भएको अवस्थामा महालेखापरीक्षकको कार्यालयले सम्परीक्षण गरी लगत कट्टा गर्नुपर्ने र त्यसको जानकारी सात दिनभित्र सार्वजनिक लेखासमिति तथा सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनुपर्ने कानुनी व्यवस्था छ। त्यस्तै, सार्वजनिक लेखासमितिको प्रतिवेदन बमोजिम लगतबाट हटाउनुपर्ने बेरुजु तीस दिनभित्र हटाइ जानकारी दिनुपर्ने प्रावधान पनि ऐनमै छ। तर कानुनका यी प्रावधान व्यवहारमा उतारिएका छैनन्।

लेखा समितिका पदाधिकारी कायम नभए पनि सचिवालयबाट सामान्य दैनिक प्रशासनिक काम भइरहेको छ। तर महालेखापरीक्षकको कार्यालयले सम्परीक्षण गरी लगत कट्टा गर्नुपर्ने र लगतबाट हटाउनुपर्ने बेरुजुका विषयमा समितिलाई जानकारी गराएको देखिँदैन। सार्वजनिक लेखासमितिका सचिव एकराम गिरीका अनुसार पछिल्लो समय महालेखापरीक्षकको कार्यालयबाट समितिलाई यस्तो कुनै जानकारी आएको छैन। प्रतिवेदनमाथिको छलफल भने प्रभावित भएको उनले बताए। उनका अनुसार ६०औँ प्रतिवेदनमाथिको छलफल अन्तिम चरणमा पुगेको थियो भने ६१ र ६२औँ प्रतिवेदनमाथिको छलफलका लागि तयारी हुँदै थियो। समिति बहालमा नहुँदा सचिवालयले मात्र त्यति सक्रियतापूर्वक काम गर्न नसक्ने उनको भनाइ छ।

उनका अनुसार समितिमा परेका उजुरीको संख्या करिब १५० छ, जुन लामो समयदेखि फर्छ्यौटको पर्खाइमा छन्। अघिल्ला वर्षमा समितिले बेरुजु फर्छ्यौटका लागि उपसमिति गठन गरी विभिन्न ‘क्लस्टर’ बनाएर छलफल र छानबिनको काम अघि बढाएको थियो। तर राजनीतिक अस्थिरता र संसद् विघटनका कारण ती प्रक्रिया बीचमै रोकिएका छन्।

सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेको बेरुजुका लागि बन्ने बेरुजु फर्छ्यौट समितिको अध्यक्ष सार्वजनिक लेखासमितिको सदस्य रहने व्यवस्था छ। समिति नै नहुँदा यो संयन्त्र पनि निष्क्रिय बनेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ अनुसार सार्वजनिक लेखासमिति सरकारका काम कारबाहीको अनुगमन, मूल्याङ्कन तथा आवश्यक निर्देशन दिने प्रमुख निकाय हो। नियमावलीको नियम १७८ को उपनियम (८) ले समितिलाई महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित बेरुजुको जाँच गर्ने, सम्बन्धित निकायका काम कारबाही कानुनी र औचित्यपूर्ण भए–नभएको अध्ययन गर्ने तथा आवश्यक निर्देशन दिने अधिकार दिएको छ। उपनियम (११) अनुसार समितिले आफ्नो वार्षिक प्रतिवेदन वार्षिक बजेट पेस हुनु अघि संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ।

कानुनले यति स्पष्ट अधिकार र दायित्व तोकिदिँदा पनि व्यवहारमा समग्र संसदीय निगरानी प्रणाली कमजोर बन्दै गएको जानकारहरू बताउँछन्। संसद् स्वयं निष्क्रिय भएपछि त्यसअन्तर्गतका समितिहरू औपचारिक संरचनामा सीमित हुन्छन्। तर समस्या संसद् विघटन मात्र नभई संसद् कायम रहँदा पनि समितिहरू अपेक्षित रूपमा चल्न नसक्नु र नतिजामुखी हुन नसक्नु हो।

पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालका अनुसार संसद् र संसदीय समितिहरूको प्रभावकारिता कमजोर हुँदा आर्थिक अनुशासन र वित्तीय सुशासन धराशायी बन्दै गएको छ। उनका अनुसार व्यवस्थापिकाको निगरानी कमजोर भएकै कारण कार्यपालिका र न्यायपालिकाका कामसमेत कमजोर हुँदै गएका छन्। बेरुजु केवल लेखापरीक्षणको प्राविधिक विषय नभई शासन प्रणालीको विश्वसनीयतासँग जोडिएको प्रश्न भएको उनको भनाइ छ।

यद्यपि सार्वजनिक लेखासमितिका निवर्तमान सभापति ऋषिकेश पोखरेलले आफ्नो कार्यकालमा समितिले प्रभावकारी र नतिजामुखी काम गरेको दाबी गर्छन्। उनका अनुसार जिम्मेवारी सम्हाल्दा महालेखापरीक्षकका सातवटा प्रतिवेदनमाथिको छलफल बाँकी थियो र ६०औँ प्रतिवेदनसम्मको छलफल सकिएको थियो। आगामी फागुनसम्म ६१ र ६२औँ प्रतिवेदन सक्ने लक्ष्य रहेको उनले बताए। उनका अनुसार बेरुजु शून्य बनाउने उद्देश्यसहित सबै विषयगत मन्त्रालयसँग कार्ययोजनासहित प्रतिक्रिया मागिएको थियो। तर उनले भनेजस्तो परिणाम नआएको तथ्यांकले देखाउँछ।

बेरुजु घट्नुको साटो हरेक वर्ष बढ्दै गएको छ। वर्षौंसम्म अड्किएका बेरुजु, दोहोरिने अनियमितता र प्रतिवेदनमाथि छलफल नै हुन नसक्ने अवस्थाले दाबी र यथार्थबीचको अन्तर उजागर गरेको छ। सरकारी कार्यालय, संगठित संस्था, समिति, प्रदेश निकाय र स्थानीय तहसमेतको कूल बेरुजु हालसम्म १२ खर्ब ८४ अर्ब रुपैयाँ नाघेको छ। महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बराबर बेरुजु थपिएको छ। प्रतिवेदनअनुसार अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.४५ प्रतिशतले बढी हो। अतिरिक्त लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता तथा शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान र ऋणसमेत जोड्दा कूल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

सार्वजनिक लेखासमितिले उठाउने सुशासनसम्बन्धी विषय दीर्घकालीन प्रभाव राख्ने भए पनि त्यसको निरन्तरता कमजोर देखिन्छ। जनताले महालेखापरीक्षकको प्रतिवेदनभन्दा बढी भरोसा गर्ने निकाय लेखासमिति भए पनि समिति नै निष्क्रिय हुँदा पारदर्शिता र जवाफदेहिता दुबै कमजोर भएका छन्। समग्रमा कानुनले दिएको अधिकार र व्यवहारमा देखिएको निष्क्रियताबीचको अन्तर नै अहिलेको मूल समस्या बनेको छ। राजनीतिक स्थिरता, संसद्को निरन्तरता र संसदीय समितिहरूको सक्रियताबिना बेरुजु नियन्त्रण र वित्तीय सुशासन सम्भव देखिँदैन। संसद् केवल कानुन बनाउने थलो मात्र नभई सार्वजनिक स्रोतको निगरानी गर्ने सर्वोच्च मञ्चसमेत हो। यस अर्थमा बेरुजु लेखाङ्कनको प्रभावकारिता प्राविधिक सुधारको विषय मात्र नभई लोकतान्त्रिक उत्तरदायित्वको आधारभूत प्रश्न हो।

प्रकाशित: २०८२ मङ्सिर २९ गते सोमबार ०३:१६
प्रतिक्रिया

थप समाचार

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना