काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको ४५ औं बैठकले गत वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
सगरमाथाले सेयरधनीलाई ३९ करोड ३३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ। नेपाल बिमा प्राधिकरणको स्वीकृति लिएर साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई नगद लाभांश वितरण गर्ने जानकारी सगरमाथाले दिएको छ। कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६२ करोड रुपैयाँ छ।


