काठमाडौँ: प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित पाँच दिन म्याद थप भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय चन्द्र बहदुर सारु र गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलासले सीईओ शेरचनसहित डीसीओ मणिराम पोखरेल, सीसीओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य र सुगेन भन्ने सुजिन शाक्यविरुद्ध बैंकिङ्ग कसूर मुद्दाको अनुसन्धानको लागि पाँच दिन म्याद थप गरेको हो।
यस्तै अदालतले उक्त मुद्दाको शीघ्र अनुसन्धान सम्पन्न गर्न पनि निर्देशनात्मक आदेश दिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
‘अनुसन्धान कार्य शीघ्र सम्पन्न गर्नु गराउनु भनी बिशेष सरकारी वकिल कार्यालयलाई प्रस्तुत आदेशको जानकारी गराउनु भनी निर्देशनात्मक आदेशसमेत भएको छ,’ उनले भनिन्।


