काठमाडौं। सरकार स्वामित्वको नेपाल विद्युत प्राधिकरणले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। चुक्ता पुँजी तीन खर्ब रुपैयाँ कायम गरी त्यसको २० प्रतिशतका दरले हुन आउने ६० अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्र्दै २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको मन्त्री घिसिङले बताए। आईपीओ जारीबाट संकलन गरिएको रकमलाई ठूला विद्युत जलविद्युत आयोजनाको निर्माणमा लगानी गर्ने योजना प्राधिकरणको छ।


