२०८३ कार्तिक १७ गते सोमबार

आफ्नै बाचा बिर्सिएर मन्त्री थपेको थप्यै प्रधानमन्त्री कार्की

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
sushila_karki

‘मन्त्रिपरिषद्मा करिबन् १० देखि ११ भन्दा राख्दैनौँ। छोटो मीठो राख्छौँ। २५ वटा जति होला मन्त्रालय डबल डबल… क–कसमा के क्षमता छ, त्यो क्षमता हेरेर गर्ने हाम्रो विचार छ।’

अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेको तेस्रो दिन, २०८२ भदौ ३१ गते मंगलबार बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै सरकार गठनबारे सुशीला कार्कीले बताएकी थिइन्। मन्त्रिपरिषद् चयनका विषयमा उनले आफू निर्वाचन गराउने म्यान्डेटको प्रधानमन्त्री भएकाले गैरराजनीतिक व्यक्तित्वलाई मात्रै मन्त्रिपरिषद्‌मा राख्ने उनको भनाइ थियो।

तर सो प्रतिबद्धताभन्दा ठीक विपरीत प्रधानमन्त्री कार्कीले शुक्रबार १५औँ मन्त्रीका रूपमा बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन्।

यसअघि अन्य मन्त्रालयको जिम्मेवारी सुम्पिँदै गएकी प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षा मन्त्रालय आफैँसँग राखेकी थिइन्। परराष्ट्र नीति कमजोर हुन नदिन परराष्ट्र नीति जानेको व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी सुम्पिनुपर्ने आवाज उठे पनि तदारुकता नदेखाएकी उनले सरकार गठनको करिब साढे तीन महिनापछि उक्त जिम्मेवारी पूर्वरथी शर्मालाई सुम्पिएकी छन्।

भदौ २३ र २४ को जेन–जीआन्दोलनको बलमा भदौ २७ गते राति उनी प्रधानमन्त्री नियुक्ति भएकी थिइन्। भदौ २९ गते पदभार ग्रहण गरेकी उनले भदौ ३० गते प्रथम पटक चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। उनले रामेश्वर खनाललाई अर्थ मन्त्रालय, ओमप्रकाश अर्याललाई गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएकी थिइन्।

त्यसपछि असोज ६ गते दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरियो। अर्यालसँग रहेको कानुनमन्त्रालयसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा  उद्योग वाणिज्य तथा आपूर्तिको जिम्मेवारी पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई सुम्पिइन्। मदन परियार कृषि तथा पशुपंक्षी विकास, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि र जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइन्।

कात्तिक ९ गते पुन: उनले मन्त्रिपरिषद् विस्तार गरिन्। त्यसदिन सुधा गौतम स्वास्थ्य तथा जनसंख्या तथा बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री नियुक्त भए। उनले बाचाअनुसार त्यसपछि बढीमा एक जना मन्त्री मात्रै थप्ने अनुमान धेरैको थियो।

तर मंसिर २६ गते उनले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरिन्। एकैदिन थप चार मन्त्री थपेर उनले १४ सदस्यीय मन्त्रिपरिषद् बनाइन्। मंसिर २६ गते राजेन्द्रसिंह भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र माधवप्रसाद चौलागाईलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइन्।

आफ्नो बाचा बिर्सिएर उनले शुक्रबार पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गरेर मन्त्रिपरिषद् १५ सदस्यीय बनाएकी छन्। आगामी फागुन २१ गते निर्वाचन मिति तोकिएकोमा  निर्वाचन आउन अब ६९ दिन मात्रै बाँकी रहेको छ।

प्रकाशित: २०८२ पुस ११ गते शुक्रबार ०६:०६
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना