काठमाडौं। शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को थुनाबाट रिहा भएका छन्। सीआईबीका अनुसार अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी बुझाएपछि हिजो बेलुका नै रिहा भएका हुन्।
सीआईबीले उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण प्रदान गरेको कसुरमा पक्राउ गरेको थियो।
अग्रवालमाथि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र पोखरा फाइनान्स लगायतका कम्पनीहरूको शेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोप लागेको छ।
यसअघि पनि उनी साउन ५ गते पक्राउ परेर रिहा भएका थिए।


