काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाला सुन तोलाको ७ हजार ९ सय रुपैयाँ घटेर दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन सोमबार तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ४ हजार ५९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।


